कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बनाईने

No icon

 ३ चैत्र, कपिलबस्तु । कपिलबस्तु जिल्लामा संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गर्नुभएको हो ।

जसमा कपिलवस्तु नगरपालिकाले बुद्धको प्रतिमा बनाउने ठाउँ, प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइनेछ । त्यस्तै ठाउँ निश्चित भएपछि इन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले विश्वकै ठूलो बुद्व मूर्तिले विश्वकै ध्यान तान्ने बताउनुभयो । परियोजनाले सिगो लुम्बिनी प्रदेशका लागि  कोसेढुङगा साबित हुने बताउनुभयो । उहाँले परियोजनाले कपिलवस्तुवासीहरूलाई आम्दानीसँग पनि जोड्न सक्ने बताउनुभयो । साथै परियोजनाका लागि विदेसी उत्साहका साथ लाग्नुभएको उहाँको भनाइ छ । परियोजना सफल बनाउन प्रदेश सरकारले समेत अपनत्व लिने मन्त्री पन्थीले बताउनुभयो ।

सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्त्वपूर्ण दिन र काम भएको बताउनुभयो । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माणको काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो ।

Comment As:

Comment (0)