यू १९ प्रिमियर कपको सेमिफाइनल भोली, नेपालले जापान संग प्रतिस्पर्ध गर्ने

No icon

३ कात्तिक, काठमाडौं । नेपाली यू(१९ टिमले प्रिमियर कपको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वी पाएको छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि शनिबार हुने छ । समुह एमा अपराजित हुँदै सेमिफाइल पुगेको नेपालले समुह डीको विजेताको रुपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।

यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समुह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस९डीएलएस० प्रणालीमा ५७ रनले हराउँदै जापान समुह विजेता बनेको हो । यू–१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन् ।

Comment As:

Comment (0)