राजापानीमा भएको साइकल प्लाङ्क व्यालेन्सको उपाधी श्रेष्ठलाई

No icon

२८ असोज, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा सञ्चालन भएको दोस्रो साइकल प्लाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधी रुपन्देहीका मनिक श्रेष्ठले जितेका छन् ।  उनलाई ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । श्रेष्ठले ५२ मिटरको दूरी १ मिनेट ५६ सेकेन्डमा पारगरी उक्त उपधि हात परेका हुन् । यसैगरी, दोस्रो स्थानमा धरानका अनीश तामाङले १ मिनेट २५ सेकेन्डमा पार गरेका छन् । तेस्रो स्थानमा कपिलवस्तु बनगाईका शुभम् भट्टराईले १ मिनेट ४० सेकेण्डमा र सान्त्वना बोर्डगाउँका अरुण अर्याल रहेको लायन्स कल्व अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिएका छन् । उक्त खेलमा १२३ जनाले नाम दर्ता गरेको भएपनि एक भारतीयसहित ७४ जना प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतियले १५ हजार र सान्त्वना हुनेले सम्मान स्वरुप विभिन्न गिफ्ट प्रदान गरिएको आयोजकले जनाएको छ । 

Comment As:

Comment (0)