
१६ जेठ, काठमाडौं । गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्स इण्डियन प्रिमियर लिग ९आईपीएल० को पाँच पटकको विजेता बनेको छ । आईतबार राति भएको खेलमा २१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।
पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र पाँच विकेटले विजयी भयो । यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।