No icon

कपिलबस्तुमा प्रथम सुर्योदय खुला नकआउट फुटवल प्रतियोगिता हुने

४   फागुन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा प्रथम सुर्योदय खुला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । फाल्गुन ७ गतेबाट बाणगंगा नगरपालिकाको सिद्धार्थ खेल मैदान बुङचीमा प्रथम सुर्योदय खुला नकआउट फुटवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।  प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ५ जिल्लाका गरि १२ समुहको सहभागिता रहने आयोजक सुर्योदय सामाजिक बिकास संस्थाका अध्यक्ष सरोज कुमार सेनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले रु १ लाख १ हजार १११, द्धितिय हुनेले रु ५५ हजार ५ सय ५५ रुपैयासहित शिल्ड मेडल र प्रमाण पत्र पाउने खेल संयोजक रमेश मल्लले जानकारी दिनुभयो । साथै प्रतियोगितामा बिभिन्न बिदाका उत्कृष्ट खेलाडीलाई नगदले सम्मान गर्ने र ७ गते दिउसो १ बजेबाट प्रतियोगिता सुरु हुने
आर्थिक संयोजक चन्द्रकान्त पोख्रेल (सिके) ले जानकारी दिए ।

Comment As:

Comment (0)