No icon

को हुन्, ११ बर्षिय रोशनी तामाङ्ग ?

यमुना चौधरी २० षौष, बुटवल । मानव जिवनमा स्वास्थ्य, असल र संमृद्ध समाज निर्माणका लागि खेलकुदले ठुलो महत्वपूर्ण भुमिका खेलेको हुन्छ । त्यती मात्र होईन खेलकुदले युवा, बाललिका सम्पूर्णलाई कुलतबाट जोगाउन र एउटा खुशी समाज निर्माण गर्नुको साथै राष्ट्रलाई विश्वजगत्मा परिचित गर्न ठुलो भुमिका खेलेको हुन्छ । 
हुन त “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” राष्ट्रिय  खेलकुद परिषद्ले दिएको नारा समेत छ । तर अझै पनि विश्व भरिनै माहामारीको रुपमा फैलिएको कोभिड–१९ कोराना भाईरसले गर्दा खेल जीवनमा केही असहज परिस्थिति भने सिर्जन गरेको पाईन्छ । यस्तै विभिन्न परिस्थितिमा पनि आफ्नो खेल जगतलाई निरन्तरता दिदै एउटा आफ्नो छुट्टै पहिचान बनाउँन सफल छिन्, रोशनी तामाङ्ग । 


सानै उमेरमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल बुटवलका तेकवान्दो खेलाडी रोशनीले अहिले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी भईसकेछिन् । वि.स. २०६६ जन्मिएका रोशनी अहिले ४ कक्षा मा मारीया मन्टेसोरी अन्तराष्ट्रि स्कुलमा अध्ययन गछिन् । अरु बालबालिका भन्द पृथक सोच र व्यवहार भएका रोशनी सानै बाट बुटवल तेक्वान्दो खेल्न सुरु गरेको हुनाले उनी त्यही खेलमा रमाउन थालिन ।  उनलाई डोजाङ्ग प्रशिक्षक मदन थापाको राम्रो साथ र सहयोगले उनी डोजाङ को अब्बल रेड वेल्ट समेत जित्न सफल भईन् ।  उनले वि.स. २०७१ सालमा बुटवल तेक्वान्दो डोजाङ्ग सुरु गरेकी अहिले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय डोजाङ्गमा उपाधि जित्न सफल समेत भईन् । उनी तेक्वान्दो खेल प्रति निकै लागवको कारण पहिलो पटक सहभागी भएको काठमाण्डौमा प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला  तेक्वान्दो प्रतियोगितामा प्रथम हुन सफल भईन । 


त्यसपछि खेल क्षेत्रमा राम्रो गरेपछि रोशनीले अध्यायन गर्ने मारीया मन्टेसोरीका प्रध्यापक मधु प्रसाद अर्यालले छात्रवृत्ति प्रदान गरि निशुल्क रुपमा अध्ययन गर्ने बातावरण समेत मिलाए । यसरी एउटा सानै उमेरमा खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रोशनीले दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय उपाधिहरु जित्न सफल समेत भईन ।  रोशनीले क्रमश यि विभिन्न खेलमा सहभागी र उपधि समेत जित्न सफल भईन् ।  
१ प्रथम  एभरेष्ट राष्ट्रिय  खुल्ला तेक्वान्दो प्रतियोगिता (२०१९) मा प्रथम ।
२) प्रथम एभरेष्ट राष्ट्रिय  तेक्वान्दो प्रतियोगिता (२०१९) पुम्से तर्फ द्धितिय ।
३) तेस्रो काठमाडौं  अन्तर्राष्ट्रिय क्युरोगी  फाईट र पुम्से प्रतियोगितामा (२०१९) प्रथम ।


४)तेस्रो राष्ट्रिय  खुल्ला फेण्डसिप रत्ननगर तेक्वान्दो प्रतियोगिता (२०१९) फाईट तर्फ प्रथम ।
५) प्रथम जावलाखेल  राष्ट्रिय  खुल्ला तेक्वान्दो प्रतियोगिता (२०७५) फाईट तर्फ द्धितिय स्थान ।
६) २०१९ जुनियर कोटेस्वर राष्ट्रिय  तेक्वान्दो  प्रतियोगिता फाईटमा प्रथम 
७) दोस्रो एभरेष्ट राष्ट्रिय  खुल्ला तेक्वान्दो प्रतियोगितामा (२०२०) फाईट तर्फ प्रथम स्थान ।
८) प्रथम स.ओ.स लुम्बिनि अन्चल आमान्त्रण तेक्वानन्दो  प्रतियोगिता २०१८ फाईटमा प्रथम ।
९) प्रथम रुपन्देही जुनियर  आमन्त्रण तेक्वान्दो प्रतियोगितामा (२०१९) प्रथम ।

Comment As:

Comment (0)