No icon

‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिता हुने

२२ मंसिर, कपिलबस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिता हुने भएको छ । नगरको वडा नम्बर ४ को आयोजना तथा स्थानीय शान्ति दीप युवा क्लवको संयोजनमा मंसिर २४ र २५ गते गरी २ दिनसम्म प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइयो । वडाध्यक्ष गणेश बहादुर क्षेत्रीका अनुसार ‘लागु पदार्थ दुव्र्यसनरहित स्वस्थ र समुन्नत समाज निर्माणको लागि खेलकुद’ भन्ने मूल नारासहित बुद्ध रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता गर्न लागिएको छ । विभागीय क्लव (नेपाल आर्मी, नेपाल प्रहरी, शशष्त्र प्रहरी ) सहित ४० बढी ब्याडमिन्टन जोडीले प्रतियोगितामा भाग लिने पनि उहाँले जानकारी दिनु भयो । प्रतियोगिताको लागि देशभरबाट अहिलेसम्म ३२ बढी टिमले नाम दर्ता गरिसकेको र प्रतियोगिता हुने अवधिसम्म त्यो संख्या धेरै बढ्ने उहाँँको भनाई छ । प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित भइसकेका र बिभिन्न सुधारगृहमा बसिरहेका खेलाडीले पनि भाग लिने क्षेत्रीले जानकारी दिनुभयो । कपिलवस्तुमा प्रशस्त पर्यटकीय र सांस्कृतिक सम्पदा भएको हुँदा ती स्थानमा राष्ट्रिय खेलाडीलाई भ्रमण गराई चिनाइने पनि उहाँको भनाई छ । प्रतियोगितामा विजेता हुने टिमले ६६ हजार, उपविजेताले ३३ हजार र तृतीय हुने टिमले १६ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Comment As:

Comment (0)