No icon

कपिलवस्तुमा थप दुई जना कोरोन संक्रमितको  मृत्यु

२९ भदौ, कपिलबस्तु । कपिलबस्तु जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरासको कारण बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यस सँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं. ५ निवासी ४७ वर्षीया महिला  मिर्गौला र उच्च रक्तचापको बिरामी थिईन् । उनलाई यही भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ का ५८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।  उनी दमको बिरामी थिए । उनमा यही भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comment As:

Comment (0)