No icon

रुपन्देहीमा भएको मोटरसाईकल दुर्घटनामा चौधरीको  मृत्यु 

२१ असार, बुटवल । दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा रुपन्देहीमा बालिराम चौधरीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–१४ बागधुरा बस्ने २५ वर्षीय बलिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।  उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको  क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा ३ जना घाइते भएका छन् ।  घाईते हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढस्थित भित्री सडक खण्डमा लु ५९ प ४७२३ नम्बरको मोटरसाइकल र लु ३ प ७६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  घटनामा घाईते भएका २१ वर्षीय बलकुमार चौधरी,  २६ वर्षीय गोविन्द चौधरी, २२ वर्षीय सुदिप चौधरीको मेडिकल कलेज भैरहवा उपचार भइरहेको छ । घाईते मध्ये वलकुमार चौधरीको अवस्था गम्भिर रहेको वताइएको छ । दुवै मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment As:

Comment (0)