No icon

बानपा –८ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

कमल चौधरी २० मंसिर, कपिलबस्तु । “समानताको पुस्ताः बलत्कार विरुद्धको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ मंसिर ९ गते देखि देशव्यापी रुपमा लैङ्गिक हिंसा विरुद्धाको १६ दिने अभियान सुरु भएको छ । हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिएको छ । यसै क्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र बाणगंगा नगरपालिका वडा नं.–८ को संयुक्त आयोजनामा एक कार्यक्रमका बीच शुक्रबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियन कार्यक्रम बाणगंगा नगरपालिका–८ कपिलबस्तुको जलेश्वर मन्दिरमा सम्पन्न भएको छ ।


 संस्थाका पूर्व अध्यक्ष तथा कानुनी अधिवक्ता राविराज आचार्यको अध्यक्षता तथा बाणगंगा नगरपालिकाको कार्यपलिका सदस्य एवंम् वडा सदस्य गिता भुषालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा कानुनी अधिवक्ता राविराज आचार्यले कुनै पनि हिंसाका घटनाहरुलाई कानुनी दायराम ल्याए पछि मात्र यस्ता घटनामा कमी आउने बताउँनुभयो । उहाँले महिला हिंसाका कार्यक्रम एउटा नारामा मात्रा सिमित नराखी सरोकारवालहरुले पनि हिंस न्यूनिकरणका लागि १६ दिन मात्र नभएर बर्षभरी सुचनामुलक कार्यक्रम गर्नुपर्ने बताउँनुभयो । त्यस्तै बाणगंगा नगरपालिकाको कार्यपलिका सदस्य एवंम् वडा सदस्य गिता भुषालले कुनै पनि खाले हिंसा न्यूनिकरणको लागी हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएपछि मात्र यस्ता घटनाहरुमा कमी आउने बताउनुभयो  । उहाँले यसको लागी राज्यले बलियो भएर लाग्नुपर्ने र दण्डहिनताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यकारी निर्देशक दुर्गा अर्यालले हिंसा न्युनिकरणको सवैभन्द उपयुक्त विकल्प समाजमा जनचेतना फैलाउनु बताउँनुभयो । उहाँले अझै पनि अधिकांस नेपालीहरु अशिक्ष, गरिबी, बेरोगरी लगायतको समास्यको कारणले गर्दा लैङ्गिक हिंसा हुने गरेको उहाँको भनाई रहेको छ । 
उहाँले जबसम्मा छोरा छोरीहरुलाई असल शिक्षा दिन सक्दैनौं तबसम्मा समाजिक अपराध र बलत्कार जस्ता समाजिक घटनाहरु दोहरी नै रहने प्रतिक्रिया दिनुभयो । उहाँले हिंसा न्युनिकरणको लागि छोराछोरीलाई शिक्षा दिन आवश्यक रहेको बताउँनुभयो । ७८ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका प्रतिनिधी दिवस घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

Comment As:

Comment (0)