‘थारु जातिको कला संस्कृती संरक्षणका लागी सबै एकजुट हुन आवश्यक’

No icon

एकजुट हुन आवश्यक’

सरिता थारु 

कपिलबस्तु । थारु पत्रकार सघं नेपाल शाखा कपिलबस्तु र थारु बगिया कपिलबस्तुको संयुक्त बैठक तथा  छलफल शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । 
बैठकले थारु पत्रकार संघको महाधिवेशनमा पूर्व केन्द्रीय सदस्य कमल चौधरी हालै चितवनमा सम्पन्न चौथों महाधिवेशनबाट केन्द्रीय सचिवमा, कपिलबस्तु शाखा उपाध्यक्ष रामअवतार चौधरी केन्द्रीय सदस्यमा, सदस्य संजय चौधरी थारु बगियाको जिल्ला अध्यक्ष पदमा तथा बुद्ध सनेस मिडिया गु्रपको संयोजकमा सीमा चौधरी सर्वसहमतिमा चयन हुनु भएकामा बधाई तथा शुभकामना दिएको छ । त्यस्तै बाणगंगा नगरपालिका वडा नंं ४ गजेहडा स्थित सामुदायिक भवनमा सम्पन्न बैठक तथा छलफलले थारु बगियाको बाणगंगा नगरस्तरिय तदर्थ कमिटी समेत गठन गरेको छ ।  वडा नंं ७ की  प्रियांका थारुको अध्यक्षतामा ४ जना पछि मनोनित गर्नेगरी ७ सदस्यीय तर्दथ समिती गठन गरेको हो ।

समितीको उपाध्यक्षमा अशिष चौधरी, सचिवमा वडा नंं १० बाट प्रियंका चौधरी, सह–सचिवमा रन्जना थारु र कोषाध्यक्षमा रञ्जिता थारु सर्वसहमातीबाट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मी थारु, रञ्जु थारु चयन भएका छन् ।  यस्तै छलफल तथा बैठकले अन्य विभिन्न निर्णय समेत गरेकोे छ । कार्यक्रममा थारु पत्रकार सघं नेपालका केन्द्रिय सचिव कमल चौधरीले बोल्दै थारु समुदायमा रहेको विकृती विसंगतिलाई हटाउदै थारु जातिको कला संस्कृतीको संरक्षणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले थारु समुदायका कला संस्कृतीलाई पत्रकारीताको माध्यमबाट उजागर गर्ने समेत औल्याउनुभयो  । यस्तै कार्यक्रममा विशिष्ट अतिथीको रुपमा थारु बगियाका केन्द्रिय सह–सचिव महादेव चौधरीले थारु बगियाको संजाललाई विस्तारै वडा स्तर सम्म फैलाउदै जाने बताउदै थारु समुदायको क्षमता अभिबृद्धिका निम्ती विभिन्न कार्यक्रम संचालन गर्न आवश्कय रहेकोमा जोड दिनुभयो ।
यस्तै थारु कल्याणकारीणी सभा कपिलबस्तुका जिल्ला सभापति उमाशंकर चौधरीले नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा नगरस्तरिय समितीका पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिदै सक्रिय भएर लाग्न आग्रह गर्नु भएको थियो ।  छलफल तथा बैठक थारु पत्रकार सघं नेपाका शाखा कपिलबस्तुका अध्यक्ष श्याम सिटीको अध्यक्षता, थारु बगियाका जिल्ला सचिव नरेश चौधरीको स्वागत तथा थारु पत्रकार संघका जिल्ला सचिव सरिता थारुको संचालनमा सम्पन्न भएको थियो । 

Comment As:

Comment (0)