No icon

बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्षको निधन

११ असोज, कपिलबस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकी प्रसाद खरविन्दको निधन भएको छ । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा शनिबार  बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यसअघि गत भदौ १४ गते बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।

Comment As:

Comment (0)