Bhagirathi Online News
कोरोनाको कारण पाल्पाको युनाइटेड मिसन अस्पतालमा दुई जनाको मृत्यु
Wednesday, 04 Nov 2020 23:30 pm
Bhagirathi Online News

Bhagirathi Online News

२० कात्तिक, बुटवल । कोरोनाको कारण पाल्पाको युनाइटेड मिसन अस्पतालमा  दुई जनाको  मृत्यु  पाल्पाको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएका ती दुई  दुई पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । तिनाउ गाउँपालिका-६ डुम्रेका ४४ वर्षीय पुरूष र माथागढी गाउँपालिका-२ का ६६ वर्षीय पुरूषको मृत्युपछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कात्तिक १८ गते दिउँसो अस्पताल भर्ना भएका डुम्रेका ४४ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका कोरोना फोकल पर्सन ओमप्रकाश पन्थीका अनुसार उनको कोरोना पोजेटिभ रिपोर्ट बिहीबार बिहान मात्रै आएको हो । पन्थीका अनुसार माथागढी गाउँपालिका-२ का ६६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कोरोना परीक्षणका लागि उनको स्वाब मंगलबार संकलन गरिएको थियो । बिहीबार मृत्युपछि उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पन्थीले बताए । योसँगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १३ पुगेको छ ।