
रोमलाल खनाल कपिलबस्तु । नेपाली काग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षे.नं. २ प्रदेश सभा निर्वाचन क्षे. नं. १ ‘क’ का सभापति एंवम पूर्व इलाका सदस्य तथा हाल वुद्धभूमि न.पा. वडा नं. ७ का वडाध्यक्ष सामाजिक राजनैतिक अग्रज ब्यक्तित्व श्री राजेश्वर सिंहको ७२ वर्षको उमेरमा भदौ १४ गते असामायिक निधन भएको छ । समाजिक तथा राजनैतिक अग्रज व्यक्तित्व सिंहको निधनले नेपाली काग्रेस प्रदेश क्षेत्रिय कार्य समितिका संचिव रोमलाल खनाल द्धारा एक शोक विज्ञप्ति प्रकाशित समेत गर्नुभएको छ । स्वर्गीय दिपनारायण सिंह तथा किशोरी देवि सिंहका पुत्र राजेश्वर सिंह २००६ सालमा जन्मनु भएको थियो । त्यस्तै २०७७ भदौ १५ गतेका दिन वुद्धभूमि न.पा. वडा नं. ७ महादेव मन्दिर नजिक बेलनदि मा उहाको पार्थिक शरिरमा नेपाली कागे्रस कपिलवस्तुका सभापति पूर्वमन्त्री सुरेन्द्रराज आर्चाय, पूर्व सांसद विष्णुराज आर्चाय तथा ने. का. जिल्ला क.व. उपसभापति अब्दुल कलामले संयूक्त रुपमा झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
सो अवसरमा १ मिनेट मौन धारण कार्यक्रम समेत गरिएको थियो । उहाको पार्थिक शरिरलाई अन्तिम संस्कारमा कपिलवस्तु क्षे.नं. ३ का प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाह पूर्व सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, जिल्ला संचिव प्रेम बहादुर रायमाक्षी, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख एवम् प्रतिनिधि सभा क्षे.नं. २ का सभापति श्री केशव कुमार श्रेष्ठ, ने.का. जिल्ला सदस्य हुमकान्त खनाल, विन बहादुर बन्जाडे, राजेन्द्रराज आर्चाय प्रदेश क्षेत्रिय उपसभापति हिमलाल न्यौपाने, प्रदेश सभापति ग्रजेश पाण्डेय, महाराजगंज नगर सभापति रामअचल कुर्मी, वुद्धभुमी नगर सभापति माधव दमासे, वुद्धभुमि नगरपालिका नगरउपप्रमुख मीरा थारु, युवा नेता अजय थापा, हरि पोख्रेल, कृष्ण पौडेल नेपाली काग्रेस निकटस्थ भातृसंघ संस्थाका प्रतिनिधि हरु शिक्षा प्रेमी, समाजसेवी, वुद्धभुमि न.पा. तथा महाराजगंज न.पा. का विभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्यहरु सामाजिक रुपान्तरण अभियानमा समलग्न विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधिहरु, नेपाली कांग्रेस वडा सभापति लगायत पार्टीका जिम्मेवार प्रतिनिधि गरी ब्यापक जनमानसको सागर उपस्थिति थियो ।
स्वर्गीय सिंहका ३ छोरा १ छोरी गरी ९ जना नातिनातिनाहरु रहेका छन । स्वर्गीय राजेश्वर सिंह पन्चायत कालदेखि नै बहुदल र प्रजातन्त्र पुर्नवहालीका हरेक सर्घषमा सक्रिय रहदै आउनु भएको थियो । युवा अवस्था देखि कुशल सामाजिक राजनितिक क्षेत्रमा समलग्न सिंह स्थानीय विकास निर्माण, सडक, विधुतिकरण, शिक्षा, कृषि, वनवातावरण, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्य गर्नु भएको थियो । साथै विद्यालय, क्यामपस निर्माण तथा जग्गादाता उपलब्ध गराउने तथा धार्मिक ऐतिहासिक अवस्थाको धरोहर महाडेवा धार्मिक वन, मठमन्दिर, धार्मिक पार्टी पौवा समेत निर्माण कार्य गरी जीवनको अन्तिम अवस्था आईपुग्दा समेत समाज र जनताको सहयोगमा जुटेको र एक यस क्षेत्रको अगुवा संरक्षण रहेको र उहाँको परिकल्पना लाई पार्टी र समाजका उच्च पदस्थ ब्यत्तित्वहरुले अगाडी बढाउने प्रतिवद्धता रहेको र एक समाजको आशा भरोसाका किरण गुमाउनु पर्दा अत्यन्त दुुःख लागेको कुरा प्रदेश÷प्रतिनिधी सभा क्षेत्रिय संचिव रोमलाल खनालले बताउनु भयो ।