No icon

कांग्रेस सभापति देउवाको प्रचार विभागमा ४८ सदस्य मनोनित

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । ती विभागहरुमा गरिएको मनोनयनको रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ । कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा. सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।

त्यस्तै  सदस्यहरुमा क्रमशः गोबर्धन रानामगर (तनहुँ), बजरंग नेपाली (महोत्तरी), डा. सुरेश आचार्य (सिन्धुली), नीर शाहा (काठमाण्डौं), नन्दकृष्ण जोशी (बझाङ्ग), युवराज गिरी (रुपन्देही), कन्हैयालाल केशरी (पर्सा), जितन्द्र यादव ( रौतहट), विमल ठकुरी (काठमाण्डौं), हेमन्त कर्माचार्य (वाँके) गोविन्द कोइराला (सुर्खेत), विजय सम्वाहाम्फे लिम्बू (तेह्रथुम) डा. अञ्जनी झा (महोत्तरी), समीरजंग शाहा (जाजरकोट), गोपाल झा (महोत्तरी), मीन बहादुर भाम (मुगु), विष्णुमणि घिमिरे ( सर्लाही), सन्तोष चौधरी थारु (सिरहा), प्रफुल्ल घिमिरे ( धनुषा), अञ्जना अर्याल (नुवाकोट), दिपेश विष्ट (काठमाण्डौं), सञ्जय महातो थारु (चितवन),  राजकाजी गुरुङ्ग (कास्की), रामचन्द्र घिमिरे ( काठमाण्डौं), मधुकार खनाल (काभ्रे), गोविन्द परियार (कास्की), विमल चन्द्र विष्ट ( ललितपुर, दिनेश थापा मगर (सिन्धुपाल्चोक), विमल सुवेदी ( विदेश क्षेत्र, मध्यपूर्व कतार), नारायण सुवेदी (जापान), चिज कुमार तामाङ्ग (पोर्चुगल), डा देशराज संयोजक लिम्बू (अमेरिका), विरेन्द्र विजुक्छे (कस्की), बसन्त रोकय (हुम्ला), विपेन्द्र गौतम (पाँचथर) सुसन बैद्य (काठमाण्डौं), रोहित विश्व्कर्मा (भोजपुर), कल्प पौ८ेल (पाल्पा), मोहमद बजीह अर्सद (कपिलबस्तु), तेजशंकर भट्ट (कैलाली), राधा क्षेत्री (पर्वत), टेकराज अवस्थी (डोटी), अनिता शर्मा (पश्चिम नवलपरासी), भेषबहादुर थापा (दैलेख), रमेश जोशी (डडेलधुरा), सागर श्रेष्ठ (सिन्धुपाल्चोक), विकल राई (खोटाङ) रहनुभएको छ । 

Comment As:

Comment (0)