No icon

वी.पी.कोइराला युवा नेतृत्व विकास मञ्च कपिलबस्तुको अध्यक्षमा पौडेल

२६ साउन, कपिलबस्तु । वी.पी.कोइराला युवा नेतृत्व विकास मञ्च कपिलबस्तुको अध्यक्षमा राममणी पौडेल मनोनित भएका छन् । मञ्चले एक पत्र जारी गर्दै जननायक विश्वेश्वरप्रसाद कोइरालाको समाजवाद प्रती आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको बिपि कोइराला युवा नेतृत्व विकास मञ्चको कपिलबस्तुको अध्यक्षमा जिम्मेवारी पौडेललाई दिईएको हो ।वी.पी. का विचार र लोकतान्त्रिकका समाजवादहरुका विषयहरुलाई छलफल गर्दै युृवाहरुलाई जागरुक बनाउँदै आएको र अबका दिनमा अझ युवा माझ वी.पी.का विचारलाई आतमसात गरी अघि बढाउनका लागि मञ्चले पौडेललाई कपिलबस्तुको अध्यक्षमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ । त्यस्तै नवलपुरमा सगर ढकाल, पाल्पामा ओमप्रकाश बस्याल, स्याङ्जामा प्रकाश भुषाल सहित २६ जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गरेको छ ।
 

Comment As:

Comment (0)