No icon

कोभिड महामारी विरुद्ध लड्न पूर्व सैनिक संगठन द्वारा स्वस्थ्यकर्मीलाई सहयोग

२४ असार कपिलबस्तु  । कोरोनो भाईरस कोभिड्–१९ को महामारी विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका जनसंगठनहरूले पनि विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । यसैक्रममा पार्टीको पूर्वसैनिक संगठनको रुपमा क्रियाशील राष्ट्रिय पूर्वसैनिक संगठन, केन्द्रीय समितिको तर्फ़बाट असार २२ गते कपिलबस्तुको बाणगंगा अस्पताल र रूपन्देहीको शुद्धोधन गाऊँपालिका स्वास्थ चौकीलाई गुणस्तरीय पीपीई सहितको स्वस्थ सामग्री हस्तान्तरण ग़रिएको छ। संगठनका केन्द्रीय अध्यक्ष क्या. भीम बहादुर राना सहितको टोलीले बाणगंगा अस्पतालका चिकित्सक रंजिता महतोलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। शुद्धोधन स्वस्थ चौकीका लागि प्रतिनिधि दिनेश त्रिपाठीलाई हस्तान्तरण गरिएको संगठनका प्रदेश ५ (लुथम) अध्यक्ष क्या. बल बहादुर थापाले जानकारी गराउनु भयो।  यसै बीच, असार २३ गते पूर्व सैनिक संगठनको, प्रदेश ५ समितिको आयोजनामा बुटवलमा समसामयिक विषयमा छलफल तथा अन्तरकृया  कार्यक्रम सम्पन्न भएको गरेको छ । संगठनका प्रदेश अदक्ष्य क्या। बलबहादुर थापाको अदक्ष्यतामा सम्पन्न कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशी, उपमहासचिव टोप अस्लामी, पूर्वसैनिक संगठनका केन्द्रीय अदक्ष्य क्या. भीमबहादुर रानाले विभिन्न विषयमा पार्टी तथा संगठनको अवधारणा र कार्यनीति विषयमा प्रकाश पार्नू भएको थियो।

Comment As:

Comment (0)