
९ भदौ, कपिलबस्तु । नेपाली कांग्रेस वडा कार्यसमिति बाणगंगा नगरपालिका वडा ८ को आयोजनामा शनिबार एक कार्यक्रमका बीच मालिका मन्दिरको सभहलमा वडा भेला तथा हरितालिका तिजको शुभकामना आदन प्रदान कार्यक्रमगरी मनाईएको छ ।
नेपाली कांग्रेसका उपसभापती एंव कार्यक्रमका कार्यबहक सभपाती सालीकराम भुसालको अध्यक्षता, महाधिवेशन प्रतिनिधी हिमलाल पौडेलको प्रमुख अतिथ्यतामा उक्त भेला तथा तिज शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
भेला तथा शुभकामना आदन प्रदान कार्यक्रममा प्रमुख अतिथि पौडेलले नेपाली कांग्रेस पार्टी भित्रको सङ्गठन निर्माण र सुदृढीकरणका लागी पाटी सम्बन्ध सबै तहका नेता कार्यकर्ता एक जुट भएर लाग्न अनुरोध गनुभयो ।
उहाँले नेता कार्यकर्ता सबैले आफ्नो जिम्मेवारी वहन गरी पार्टी चलायमान बनाउनु हुन सबैलाई अनुरोध गर्दै एकले आर्कालाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले अब क्रियाशिल सदस्य देखि विभिन्न पार्टी भित्र अस्थवान नेपाली कांग्रेसका योद्धहरुले पार्टीलाई मजवुट बनाउँदै जानुपर्ने धारणा व्यक्तगर्दै शुभकामना दिनुभयो ।
त्यस्तै नेपाल कांग्रेसका प्रदेश सभापती दुर्गा बहादुर के.सी ले जनताले के चाहेका छन्, त्यही अनुरुप कार्यगर्न जारुरी रहेको धारण राख्नुभयो । उहाँले सामाजिक, आर्थिक विकासका लागि जनचाहना अनुरुप नेता कार्यकर्ताहरु लाग्नुपर्ने भन्दै जनता सचेत भैसकेको र जनचाहन अनुसर नेताहरुलाई काम गर्न आग्रह समेत गनुभयो ।
त्यस्तै युवा नेता तथा नगर सभापती विष्णु थापा, नेपाली कांग्रेसका जिल्ला सल्लाहकार रविराज आचार्य, प्रदेश ‘क’ उपसभपति कृष्ण प्रसाद पोख्रेल, प्रदेश ‘क’ सचिव विष्णु मल्ला, पूर्व जिल्ला सचिव शिवलाल भण्डरी, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य कुलराज पौडेल, माधव पौडेल लगायतले वडा भेला कार्यक्रममा शुभकामना दिदै अब पार्टीलाई मजवुट बनाउँदै जानुपर्ने धारणा राख्नुभयो ।
वडा भेला तथा शुभकामना आदन प्रदान कार्यक्रम उप सभपति रुकमागत पन्थीको स्वागत तथा सचिव राजु अधिकारीको संचालन रहेको कार्यक्रममा कार्यवहक वडा सभापति भुसालले पार्टीको गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै महिला दिदी बहिनीहरुले वडा भेला तथा हरितालिका तिजमा नाचँगन सहित धुमधामले मनाएका थिए ।