No icon

‘सर्वोच्चको फैसलाको स्वागत योग्य छ’ : शेरबहादुर देउवा

  ११ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताएका छन्। आज अदालतको फैसलापछि सामाजिक सञ्जाल ट्विटरमा भने,  ‘मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थियो । त्यहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनर्स्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्दछ ।’  देउवाले संविधान कार्यन्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो नै सर्वोच्च अदालत भएको बताए । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको उनको भनाइ छ ।  देउवाले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको संवैधानिक इजालसका न्यायधीशहरूलाई धन्यवाद समेत दिएका छन् । 

Comment As:

Comment (0)