No icon

दुई तिहाई जनतको मत कदर गर्न नसक्ने, ओली सरकारको नौतङ्की धेरै भयोः नेपाली कांग्रेसका नेता रविराज अचार्य

८ माघ, कपिलबस्तु । नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य एवं समाजिक लोकतन्त्र अध्ययन केन्द्र कपिलबस्तुका जिल्ला संयोजक रविराज अचार्यले दुई तिहाई जनतको मत कदर गर्न नसक्ने ओली सरकारको नौतङ्की धेरै भएको बताउँनुभयो । उहाँले विहिबार कपिलबस्तु जिल्लाको बाणगंगा ८ बोर्डगाउँमा लोकतान्त्रिक संविधान रक्षाको पक्षमा जुटौं संसद विघटन सर्वसत्तावाद र भ्रष्टचारका विरुद्धमा आयोजित विरोध प्रदर्शन सभामा बोल्दै यस्तो भन्नुभएको हो ।


नेता अचार्यले संविधानमा कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको भन्दै मत्त हात्ती झै ओली प्रधानमन्त्री बौलाएको अरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओली सरकारको कति अलोचना गर्ने भन्दै संसद विघटन गर्नुमा प्रधानमन्त्री ओलीे मात्र दोषी नभएर राष्ट्रपति त्यो भन्द बढि दोषी भएको जिकिर समेत गर्नुभयो ।  

त्यस्तै विरोध सभा कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रेम नारायण पौडेल, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी टोपनारायण भण्डारी, नेपाल शिक्षक संघ केन्द्रीय प्रतिनिधी कृष्ण न्यौपाने, नेपाल विद्यार्थी संघका माधव पौडेल,नेपाल तरुण दलका बेदराम पोख्रेल, नेपाल महिला संघका लक्ष्मी कडेल लगायतले बोल्दै भ्रष्ट्रचारी सरकारको विरोध गर्नुभएको थियो । नेपाली काग्रेस बाणगंगा ८ को अयोजनामा भएको विरोध सभा कार्यक्रममा वडा नं. ८ का सभपति धुव्र प्रसाद कडेलको अध्यक्षता तथा सह–सभापती गिररिराज पौडेलको स्वागत रहेको थियो । 


 

Comment As:

Comment (0)