No icon

 ‘ओली अब प्रधानमन्त्री रहेनन्, सबैले किर्तेप्रसाद ओली भन्दा हुन्छ ’:अत्तहर कमाल

३ माघ, कपिलबस्तु । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमान प्रधामन्त्री केपी शर्मा ‘ओली अब प्रधानमन्त्री रहेनन्, सबैले किर्तेप्रसाद ओली भन्दा हुन्छ  भन्नुभयो । उहाँले  देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बारमा शनिबार विरोध सभालाई सम्बोधन गर्दै मुलुकको प्रमुख कार्यकारी पदमा बसेको मान्छेले किर्ते गर्छ भने त्यसलाई किर्ते प्रसाद नभएर के भन्ने ? उहाँले दोहोर्याउनुभयो । केपी ओली सरकार भ्रष्टाचार र काण्डैकाण्डमा फसेकोले असफल सिद्ध भएपछि चुनावको नौटंकी गरेको उहाँको भनाई छ । वैशाखको निर्वाचन कुनै पनि हालतमा नहुने जिकिर गर्दै यस्ता भ्रमको पछि नलाग्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । चुनावभन्दा संविधानको रक्षा ठुलो भएकाले अहिले नेपाली काँग्रेस ओली कदमविरुद्ध डटेर लागेको बताउनु भयो । हरेक संकटबाट काँग्रेसले मुलुकलाई बचाएको भन्दै अब पनि मुलुक जोगाउने अभिभारा काँग्रेसकै भएको उहाँको भनाई छ ।

आफ्ना आन्दोलनमा प्रहरीले अनावश्यक रुपमा धरपकड गरिरहेको भन्दै उप्रान्त त्यसो नगर्न कमालले चेतावनी दिनुभयो । कार्यक्रममा काँग्रेस बाणगंगा नगर कार्यसमिति सभापति एवम् नगरप्रमुख प्रमुख मंगलप्रसाद थारु, वडा नम्बर १ की वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी, तरुण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी लगायतले बोल्दै ओली कदम र राष्ट्रपतिको भूमिकाको कटु आलोचना गरेका थिए । बाणगंगाको कार्यक्रमको संचालन नगरसचिव रामजी सेनले गर्नुभएको थियो । नेपाली कांग्रेस कपिलवस्तुले आज बाणगंगासहित अरु ९ पालिकामा पनि प्रदर्शन गरेको छ । ती कार्यक्रममा काँग्रेसका नेताहरुले सम्बोधन गरेका थिए । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज मुलुकभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो । अब माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने काँग्रेशले निर्णय गरिसकेको छ । यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।

Comment As:

Comment (0)