No icon

सडक निर्माणपछि नागरिकको दैनिकि फेरिने : मुख्यमन्त्री पोख्रेल

 राम अवतार चौधरी २३ पुस, कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सडक निर्माण पश्चात् अब भने मधेशको विकासमा समृद्धि ल्याउने बताएका छन् । बिहिबार जिल्लाको विजयनगर गाउँपालिकाको आयोजनामा भएको कृष्णनगर आरटिओ सडकको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले यस्तो बताएका हुन् । कपिलवस्तुको आरटिओ सडक समुद्धघाटन गर्दै मन्त्री पोख्रेलले प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकोले यस सडक निर्माण पश्चात् नागरिकहरुको दैनिकि फेरिने बताए ।

५०औं बर्ष देखि अलपत्र परेको आरटिओ सडक अहिलेको सरकारको पालामा निर्माण भए सँगै समृद्धीको यात्रामा फड्को मारेको उनले बताए । मुख्यमन्त्री पोख्रेलले प्रदेशको स्थायी राजधानी सँगै जोडिएको कृष्णनगर भन्सारको अवस्था दयनिय रहेकोले अब परिवर्तन हुने बताए । विहिबार बिहान भन्सार कार्यालयको समेत अनुगमन गरेर आएकोले मुख्य नाकाको रुपमा कृष्णनगरलाई बिकास गरिने पोख्रेलले जानकारी दिए । विजयनगर सँगै सिंगो कपिलवस्तुमा सिँचाई सुविधाका लागि नौमुरे सिँचाई योजनाको काम अघि बढेकोले यसले जिल्लाको सिँचाईको समस्यालाई समाधान गर्ने समेत उनले बताए । सुकुम्बासी बस्तीको बाहुल्यता रहेको बिजयनगर बासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने समेत बताए । नेकपाका नेता समेत रहेका पोख्रेलले १४ वर्ष जेल मात्र नभइ सेल समेत बसेका प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्र बिरोधी भनेर अपमान गर्न नमिल्ने उनले उल्लेख गरे ।

ओलि सरकार कै पालामा राष्ट्रले सामाजिक सुसाशनमा दक्षिण एसियामा नै सबै भन्दा राम्रो रहेको जनाए । शुसासन कायम गर्दै यहि सरकारले लोकमानलाई भाग्ने बनाउने र अख्तियार प्रमुखलाई पक्राउ गर्न सफल भएको जिकिर गरे । आर्थिक हिसाबमा विगतको तुलनामा ओलि सरकारले ७ ओटा देशलाई उछिन्दै अगाडी बढेको मन्त्री पोख्रेलले बताए । देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनता माझ जाने निर्णय गरेर सांसद बिघटन गरेको उनले जनाए । अहिले ओलीको बिरोध गरिरहेकाहरुले अबको ५ वर्ष पछि जयजयकार गर्दै घरको विशिष्ट ठाउँमा फोटा राखेर सम्मान गर्ने पोख्रेलले बताए । सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समुहका नेताहरुलाई अब जनताको घरघरमा विरोध गर्दै चुनावमा होमीन सुझाव समेत मन्त्री पोख्रेलले दिए । यस्तै भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबै भन्दा ठुलो बजेट आरटिओ सडकलाई बिनियोजन गरेर काम सम्पन्न गरेको उल्लेख गरे ।

जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशाय निर्माण गरी सिँचाईको लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना सुरु भएको उनले बताए । खोलानालामा लिफ्ट सिँचाईको कामहरु तीव्र रुपमा अघि बढेको बताउँदै पहिलो वर्ष ५४ वटा पुल निर्माण, दोस्रो वर्ष ३३ वटा र अहिले २७३ वटा पुलको डिपीआर काम सुरु भएको मन्त्री चौधरीले जानकारी दिए । कार्यक्रममा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आरटिओ सडक निर्माणले स्थानियहरुलाई राजमार्ग सडकसँग जोड्नि सहज भएको बताए । सडक संजाल सगै गाउँपालिकामा सिँचाई, सडक, स्वस्थ्य शिक्षा लगायतमा समेत पछि रहेकोले प्रदेश सरकारले ध्यान दिन आग्रह उनले गरे । गाउँपालिकाको सम्रग समस्याहरुलाई समेटर मुख्य मन्त्री पोख्रेललाई ज्ञापन पत्र समेत प्रदान गरे । समयमा नै सडक निर्माण काम सम्पन्न गरेमा निर्माण कम्पनीलाई समेत अध्यक्ष थापाले धन्यवाद दिएका थिए ।

Comment As:

Comment (0)