
कपिलबस्तुमा नेपाली कांग्रेसले ग-यो , सरकारले गरेको असंवैधानिक कदम विरुद्ध प्रदर्शन
१३ पौष कपिलवस्तु । कपिलबस्तुमा नेपाली कांग्रेसले सरकारले गरेको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस पार्टीको केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस कपिलवस्तु क्षे.नं. २, को महाराजगंज , त्यस्तै क्षेत्र नं. १ को बुद्ध रंगशाला ४ नं. जितपुरमा र क्षेत्र नं ३ मा शिवराज नगरपालिकाको चन्द्रौटामा विरोध सभा सम्पन्न गरेको हो ।
ने.का. कपिलवस्तु निर्वाचन क्षे.नं.–२, को आयोजनामा कार्यक्रम महराजगंज न.पा. स्थित हाटबजार चोकमा प्रतिनिधि सभा क्षे.नं.–२ का सभापति केशवकुमार श्रेष्ठ को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । सो विशाल विरोध सभा कार्यक्रम ने.का.का. पूर्व पार्टी सभापति सुधाकर पाण्डेले वर्तमान सरकार सर्वसत्तावाट अलोकतान्त्रिक भएकोले सच्चिन आवश्यक रहेकोे बताउनु भयो । केन्द्रिय आमन्त्रित सदस्य राजेश सिंहले सरकार गैर जिम्मेवार वन्दै जनतालाई धोका दिएको वताउनु भयो । नेपाल महिला संघकी जिल्ला सभापति मिना के.सि ले संसद विघटन गर्नु निरंकुस शैलि वाट राज्य संचालन गर्नु कपोल कल्पित झुठ्ठा रहेको बताउनुभयो । सो कार्यक्रममा प्रदेश प्रतिनिधि सभा सचिव रोमलाल खनालले वर्तमान कम्यूनिष्ट सरकार ले जनता र देशका विरुद्धमा गम्भिर प्रकृतिका गल्तीहरु गर्दै दुई तिहाईको सवल सरकार वन्दा समेत सासन गर्न कम्युनिष्टहरु असफल भएका छन । यो अवधिमा देशमा भएको महगी, भ्रष्टाचार , महिला हिंसा तथा वलात्कार तथा हत्याका घटनाहरुले र संसद विघटनले सरकार संचालन गर्न नसक्ने र अनेकन झुट्टा आश्वासनका फुलिन्दा बाडदै जनतालाई भ्रमित गरेर सत्तामा पुगेको भनि सरकारको अलोचना गर्नु भयो । ने.वि. संघका रुपक राज खनालले विद्यार्थी हकहितका लागि सरकार गैर जिम्मेवार रहेको वताउनु भयो । सो कार्यक्रममा प्रदेश सांसद रिना नेपाल,माला गोतामे, जिल्ला समन्वय समिति संयोजक नारायण प्रसाद खनाल, प्रदेश उम्मेदवार जवाहरलाल चौधरी, प्रतिनिधि सभा क्षे.नंं–२ (ख) सभापति गृजेश कुमार पाण्डे, जिल्ला सदस्य माधव पराजुली,ने.का.प्रदेश उपा सभापति हिमलाल न्यौपाने,ने.का यशोधरा गा.पा. सभापति दिनेश पाण्डे महाराजगंज नगर सभापति रामअचल कुर्मी बुद्धभूमि नगर सभापति माधव दमासे लगायत ने.का. पार्टीका वडा सभापति, क्षेत्रिय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य,ने.वि.संघ,तरुण दल,महिला संघ भूपु शैनिक संघ तथा विभिन्न पार्टीका भातृ संघ संस्था का लगायत हजारौ जनाको उपस्थितिमा विरोध प्रदर्शन गरेको छ । सो कार्यक्रमको संचालन युवा नेता श्री गंगेस नाथ तिवारीले गर्नुभएको थियो ।
त्यस्तै क्षेत्र नं १ को कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमालेले अब कम्युनिष्ट एक एक पत्ताासाफ हुने बताउँनुभयो । उहाँले कम्युनिष्ट अब अफैले पतनको मार्ग तर्फ लागेको आरोप समेत लगाउनुभयो । त्यस्तै विरोधसभमा पूर्व मन्त्री कमलेश कुमार शर्मा, पूर्व पार्टी सभापति राजेश आचार्य, मंगल प्रसाद थारु, जिल्ला नेता हरिराज घिमिरे, महेन्द्र पाठक विष्णु थापा, शक्ति सिंह ठकुरी, दिनेश क्षेत्री, लगायत बोलेका थिए ।