No icon

‘विकासको प्रमुख मेरुडन्द शिक्षा’: संसाद् पन्थी

सिर्जना थारु ६ मंसिर, कपिलबस्तु । लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले बिकासको प्रमुख मेरुडन्द शिक्षा भएको बताउनु भएको छ । सामुदायिक बिद्यालयहरुका लागि स्वास्थ्य सामग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्र्दै सांसद पन्थीले यस्तो बताउनु भएको हो । उहाँले जब सम्म शैक्षिक क्षेत्रमा बिकास हुन सक्दैन तव सम्म देश बिकास हुन नसक्ने दाबी गर्नु भयो । जिल्लाका बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउपालिकाका सामुदायिक बिद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण गर्दै सांसद पन्थीले अरु जिल्लाका बिद्यार्थी पढ्न आउने गरी कपिलबस्तुलाई शैक्षिक हब बनाउनुपर्नेमा जोड दिनुभयो  । यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपलिका उपमेयर चक्रपाणी अर्यालले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयहरुमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । पठनपाठनमा विद्यार्थीको मनोवल बढाउनको निम्ती विद्यार्थीहरुलाई माक्स र हात धु्ने साबुन वितरण गरिएको उहाको भनाई छ ।


नेपाल राष्ट्यि शिक्षक सगंठन जिल्ला समितिका अध्यक्ष रमेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झबिलाल पोख्रेल , नेपाल राष्ट्यि शिक्षक सगंठनका  कोषाध्यक्ष बिष्णु भण्डारी ,लुम्बिनी प्रदेश महासघंका उपमहासचिब लिला खनालले सगंठनले गरेको कामको प्रशंस गर्दै बिद्यार्थीको स्वास्थ्य प्रति सचेत रहेकोमा धन्यबाद व्यक्त गर्नु भयो । नेपाल राष्ट्यि शिक्षक सगंठनसगंठनले साइन रेसुङग बिकास बैकंको सहकार्यमा १ लाख ५० हजार बराबरको माक्स र साबुन बितरण गरेको थियो । कार्यक्रममा नेपाल राष्ट्यि शिक्षक सगंठन लम्बिनी प्रदेशका उपाध्यक्ष जगन्नाथ मरासीनी ,नेपाल शिक्षक सघं कपिलबस्तुका अध्यक्ष अफाक अहामद खां ,बाणगंगा नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, नेकपा बाणगंगा नगरका अध्यक्ष शकंर पाण्डे लगायतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । 

Comment As:

Comment (0)