No icon

रुपन्देहीको सैनामैनामा नेकपाका एकै गाउँका १ सय ८६  जना नेपाली कांग्रेस प्रवेश

१८ कार्तिक रुपन्देही ।   नेकपा सैनामैना पाँच प्रगति टोलका १ सय ८६ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । एकै गाउँका १ सय ८६ जना एक नेपाली पार्टी प्रवेश मंगलबार गरेका हुन् । उनीहरुलाई सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहले सम्मान गरि पार्टी प्रवेश गराएका हुन् ।  पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लेखासमिति सभापति साहले भष्टचारमा लिप्त सरकारले जनतालाइ ठगेको आरोप लगाए । कार्यक्रममा काग्रेस रुपन्देहीका उपसभापति फणीन्द्र शर्मा, काग्रेसका युवा नेता बिष्णु प्रसाद पोखरेल, काग्रेस सैनामैनाका नगर सभापति रामप्रसाद अधिकारी लगायतले अधिनायकवादि यस कम्युनिस्ट सरकार निरंकुश बनेको आरोप लगाएक थिए । पार्टी प्रवेश कार्यक्रम वडा सभापति तुलसिराम पोखरेलको अध्यक्षता , तुलसा भुसालको स्वागत तथा भोज प्रसाद पाण्डेको सञ्चालन रहेको थियो ।

Comment As:

Comment (0)