No icon

अत्याधुनिक घाँस काट्ने मेसिन बोर्डगाउँमा उद्घाटन

भगवती न्यौपाने २७ असार, कपिलवस्तु । वाणगंगा नगरपालिका ८ मा अत्याधुनिक घाँस काट्ने मेसिनको उद्घाटन भएको छ । वाणगंगा दुग्ध उत्पादन सहकारी  संस्था लिमिटेट  वाणगंगा नगरपालिका ८ बोड्गाँउलाई प्रदेशले अनुदान स्वरुप १० लाखको मेसिन प्रदान गरेको हो ।  नेपाल कृषि  तथा सहकारी मन्त्रालय नेपाल लाईफ स्टक सेक्टर इन्नोभेसन  इकाई बुटवलले  वाणगंगा दुग्ध उत्पादन सहकारी  संस्था लिमिटेटलाई उक्त मेसिन प्रदान द्धारा प्रदान गरीएको हो ।  मेसिनको  उद्घाटन गदै नेपाल लाईफ स्टक सेक्टर इन्नोभेसन अनुगान अधिकृत डाक्टर लोकराज भुषालले व्यवस्थित  आधुनिक मेसिनबाट किसानलाई लाभलिन अनुरोध गनुृभयो । व्यवसायिक रुपमा पशुपालन गर्ने किसानका  लागि यो बढि प्रयोग हुर्ने उहाँले बताउनुभयो ।  एका तर्फ मेसिनमा घास राखिसके पछि अर्कातर्फ प्लासष्टिकको झोला राख्नु पर्ने छ । उक्त घासआफै प्याकिङ भएर आउने छ । प्याकिङ भएको घाँस  ३ महिना पछि मात्रै खुवाउन हुने छ । अहिले काटेको घास पछि सम्म पनि हरियो ताजा जस्तै रहने छ । घास काट्दा विजुलीको युनिट  र  अप्रेटरलाई तिर्नु पर्ने खर्च मात्रै लाग्ने छ ।  उक्त कार्यक्रममा योजना अधिकृत डाक्टर खिमानन्द खनाल, संस्थाका व्यवस्थापक केशव कुवर  बुद्धिजिवी, युवा कृषकहरुको उपस्थिति रहेको थियो ।  राधेश्यम न्यौपानेको अध्यक्ष्ता संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्य प्रसाद भण्डारीले गर्नु भएको थियो ।  प्रदेश ५ को  अहिले सम्म रुपन्देही , दाङमा हुदै कपिलवस्तु सम्म  सञ्चालनमा आएको  छ  । यसबाट  वाणगंगा नगरपालिका ८ का कृषकले छोटो समयमा  धेरै फाईदा लिन सक्ने छन् ।

Comment As:

Comment (0)