No icon

क्‍वारेन्टाइन र आइसोलिसन सेन्टरमा आयुर्वेदिक औषधी गिलोय वितरण 

४ असार, कपिलबस्तु । कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेका क्वारेन्टाईन र आइसोलिसन सेन्टरमा बस्ने मनिसहरुलाई लक्षित गरेर विहिबार आयुर्वेदिक औषधी (गिलोय) वितरण गरेको छ ।


कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्र र औषधी व्यावसायी संघ कपिलबस्तुको संयुक्त सहकार्यमा क्वारेन्टाइन र आइसोलेसनमा बस्ने मनिसहरुलाई आयुर्वेदिक औषधी गिलोय (अमृता) वितरण गरेको आयुर्वेद स्वास्थ्य केन्द्रका सचिव बैद्यराज दिपक पंथीले जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रका सचिव एवं मालिका आयुर्वेद औषधलयका संचालक समेत रहनुभएका बैद्यराज दिपक पंथीले बाणगंगा स्वास्थ्य शाखा प्रमुख थगराज पौडेल र स्वास्थ्य अधिकृत भक्तीराम पाण्डेलाई कोरोना भाईरास (कोविड–१९) संग लड्न सक्ने आयुर्वेदिक औषधी गिलोय ६ किलो हस्तन्त्ररण गर्नुभएको थियो । उक्त आयुर्वेदिक औषधी (गिलोय) नगरपालिका मर्फत बाणगंगा नरपालिका भित्र रहेका प्रत्येक क्वारेन्टाईन र आइसोलिसन सेन्टरमा वितरण गर्ने उद्देश्यले नगर स्वास्थ्य शाखालाई हस्तन्त्ररण गर्नुभएको हो ।बैद्ययराज पन्थीले भन्नुभयो–“गिलोय धेरै उपयोगि औषधी हो । यसले हाम्रो शरीरमा रोग प्रतिरोध क्षमता ह्रस हुन नदिन र कोरोना रोगले समेत सीधा हृदय र मस्तिष्कमा आक्रमण हुनबाट जोगाउँनुको साथै कोरोना भाईरासलाई नष्ट गर्न मद्दत गर्दछ । त्यसैले यो आयुर्वेदिक औषधी वितरण गरेका छौं ।”


उहाँले गिलोयले विष र विषाक्त हानिकारक पदार्थ लाई नष्ट गर्ने र विभिन्न किसिमको रोगहरुलाई निको पार्न प्रभावकारी भूमिका खेलेको हुँदा विशेषगरी क्वारेन्टाइन र आइसोलेसनमा बस्ने मनिसहरुलाई वितरण गरेको जानकारी समेत दिनुभयो । त्यस्तै विहिबार नै बाणगंगाको सिद्धार्थ क्याम्पस बुङ्गचीमा रहेको क्वरेन्टाईनमा पुगेर सिनियर स्वास्थ्यकर्मी कृष्ण प्रसाद घिमिरेलाई पनि अयुर्वेदिक औषधी गिलोय वितरण गरेको बैद्यराज दिपक पन्थीले बताउँनुभयो ।

Comment As:

Comment (0)