No icon

  यसरी मिल्काइयो कपिलवस्तुको तरकारी अर्घाखाँचीको डम्पिङ साइटमा 

१८ जेठ, कपिलबस्तु । कपिलबस्तु जिल्लाका कृषकहरुले दुःख गरेर उत्पादन गरेका तरकारीहरु आइताबार अर्घाखाँचीको डम्पिङ्ग साइटमा मिल्काइएको छ  । पछिल्लो समय कपिलबस्तु जिल्लामा उच्च कोरोना संक्रमित  बढ्दै गएको छ । कपिलवस्तुका किसानहरुले उत्पादित तरकारीहरु अर्घाखाँची जिल्लामा बेच्नका लागि लैजाद सन्धिखर्कको एक डम्पिङ साइटमा मिल्काइएको हो ।
 कोरोना संक्रमणको त्रास भएको भन्दै अर्घाखाँचीका प्रहरी प्रशासनसहितको संलग्नतामा तरकारी डम्पिङ साइटमा मिल्काइएको हो  । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ मा बिगत लामो समयदेखि खाद्यान्न तथा तरकारी फलफूल बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले कपिलवस्तुका किसानबाट खरिद गरेको तरकारी डम्पिङ साइटमा फालिएको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १० बाट बिक्रीवितरणको लागि पठाइएको हरियो तरकारी बोडी, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानी प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै डम्पिङ साइटमा बताइएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलिले सदरमुकामको डम्पिङ साइडमा तरकारी नष्ट गरेको हो । 

Comment As:

Comment (0)