No icon

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न 

३१ चैत्र, कपिलबस्तु ।  बाणगंगा नगरपालिका आयुर्वेद शाखा कपिलबस्तुको  अयोजनामा दुई वटा विद्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  आयुर्वेद तथा योग शिक्षा कार्यक्रम श्री बाणगंगा मा.वि लौगाई र युनाइटेड स्टुडेन्स एकेडेमी चप्परगाउँमा कार्यक्रम सम्पन्न गरिएको हो । स्कुल स्कुलमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा बाणगंगा नगरपालिका वडा ८ का वडा अध्यक्ष एवं मोतीपुर आयुर्वेद औषधलयका व्यवस्थापन समितिका अध्यक्ष गुणानीधि भुसालले विद्यार्थीहरुले पठ्यक्रमको ज्ञान मात्र नभएर आयुर्वेद सम्बन्धी ज्ञान हुन जरुरी रहेको बताउँनुभयो । उहाँले पछिल्लो समय युवा पीढिहरुले आयुर्वेद सम्बन्धी भुल्दै गएको भन्दै यस पद्धतीलाई संरक्षण र संवद्र्धन हुन जरुरी रहेको बताउँदै यसबाट विभिन्न किसिमका उपचार हुने जानकारी समेत दिनुभयो । 
त्यस्तै मोतीपुर आयुर्वेद औषधलयका प्रमुख तेज बहादुर सोमैले आयुर्वेद शिक्षा निकै जीवन उपयोगी भएको भन्दै आयुर्वेद चिकित्सा पद्धतीले स्वास्थ्यवृत्त, स्वास्थ्य जीवनन शैली सम्बन्धि सचेतना जगाउने र स्थानीय स्तरमा प्राप्त हुने जडिबुटिको उपयोगिता बारे जानकारी दिई विद्यार्थीहरुलाई विद्यालय र घर परिसरमा रोप्न प्रोत्साहन गर्ने बताउँनुभयो । त्यस्तै  विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रममा योग शिक्षक एवं श्री बाणगंगा मा.वि लौगाईका प्रध्यापक कुल राज पौडेलले विद्यार्थीहरुलाई योग शिक्षाको बारेमा जानकारी दिदै योगबाट विभिन्न किसिमका रोगहरु रोकथाम हुनुको साथै शारीरिक, मानसिक तथा आध्यात्मीक र नैतिक रुपमा स्वास्थ्य समेत हुने बताउँनुभयो । 
त्यस्तै वैैद्य अनुपमा पराजुलीले विद्यार्थीहरुलाई स्थानिय स्तरमा पाईने जाडिबुटीहरुको परिचय, उपयोगिता र महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम दुई वटा विद्यालयका करिब १ सय ३० जनाको उपस्थिति रहेको मोतिपुर आयुर्वेद औषधलयका प्रमुख तेज बहादुर सोमैले जानकरी दिनुभयो । उहाँले सोमबार र मंगलबार कार्यक्रम गरेको बताउँनुभयो । 


 

Comment As:

Comment (0)