No icon

भारतमा एकैदिन कोरोनाको कारण  १२ सयभन्दा बढीको मृत्यु

२६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस को कारण  एकैदिन एक हजार २ सय ९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५ सय ५१ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका नयाँ संक्रमितको यो संख्या अहिले सम्मकै सबैभन्दा बढी हो । नयाँ संक्रमित संख्यामा भारतले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ । अघिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६२ हजार ४१५ पुगेको छ ।

Comment As:

Comment (0)