No icon

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार ८ सय ९० पुग्यो

२४ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस  बाट मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ११५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ३३ लाख ९८ हजार ८४५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने आठ लाख ९७ हजार ३९४ संक्रमित आइसोलेसनमा छन् ।

Comment As:

Comment (0)