कडा प्रतिष्पर्धाबीच केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

No icon

१ भदौ,, नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रमुखले सोमबार राती उनी राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरेको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए । उनको यो भोट ५०.४९ भएको छ । उनीसँग प्रतिष्पर्धामा उभिएका प्रभावशाली विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गरे । यो सङ्ख्या ४८.८५ प्रतिशत हो ।

Comment As:

Comment (0)