
१७ भदौं, काठमाण्डौं । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबिच भएको झडपका क्रममा ६५ जनाको मृत्यु छ। एक सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन्। ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ जना हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीहरुले बताएका छन्। यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट सुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्।