No icon

बेलायत राजकुमार ह्यारी र मेघन राजकीय जिम्मेवारीबाट अलग

७ फागुन, एजेन्सी। बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकीपत्नी मेघन(डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलगगर्नु भएको छ  । बकिंगघम दरबारबाट शुक्रबार जारी विज्ञप्तिमा दि ड्युक र डचेस अफ ससेक्सले सार्वजनिक सेवासँग जोडिएका कुनै पनि काममा राजकीय सदस्यको रुपमा जनाउने जिम्मेबारी र कर्तव्यलाई निरन्तरतादिने सम्भावना नरहेको प्रष्ट पारिएको छ । यससँगै राजकीय सदस्यको रुपमा उहाँहरुलाई दिइएको सेनाको मानार्थ सम्मान,राजकीय सेवा सुविधा पनि उहाँहरुले महारानीलाई फिर्ता गर्नुपर्ने छ । राजकुमार ह्यारीसँगको छलफलपछि महारानीले लिखित रुपमा यस्तो जानकारी दिनु भएको हो । ह्यारी दम्पतिको यो निर्णयले सबैजना दुःखी भएपनि परिवारको सदस्यको रुपमा भने रहने विज्ञप्तिमा जनाइएको छ ।

Comment As:

Comment (0)