कपिलबस्तुका पाँच ईट्टा उद्योगहरुमा ‘हेनवास स्टेसन’ 

No icon

१९ भदौ, कपिलबस्तु । कपिलबस्तु जिल्लाका पाँच वटा ईट्टा उद्योगहरुमा बेटर व्रिक नेपाल परियोजना मर्फत खुट्टाले थिचेर हात धुने मिसिन (हेनवास स्टेसन) शुक्रबार सहयोग गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाईरसको महारीलाई लक्षित गरी कपिलबस्तु जिल्लाका पाँच वटा ईट्टा उद्योगहरुमा खुट्टाले थिचेर हात धुने (हेनवास स्टेसन) मिसिनहरु सहयोग गरिएको हो  । कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्क अन्य व्यक्तिहरुमा हुन नपाओस र असोज, कार्तिक महिना सुरु हुदै ईट्टा उद्योगमा काम गर्न आउने श्रमिकहरुलाई लक्षित गरेर (हेनवास स्टेसन) सहयोग गरेको घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले जनकारी दिनुभयो । 

उहाँले उक्त प्रविधि वाट हात धुनको लागी स्यानीटाईजरको प्रयोग धारा खोल्न र धारा वन्द गर्नको लागी खुट्टाको प्रयोग गरीने भएकोले संक्रमणको जोखिमबाट केहीहदसम्म सुरक्षित हुनसकिने बताउँनुभयो ।  अहिले हेनवास स्टेसन कपिलबस्तु जिल्लाका पाँच र रुपन्देहीका १ उद्योगमा गरी ६ वटा ईट्टा उद्योगलाई खुट्टाले थिचेर हात धुने (हेनवास स्टेसन) मिसिन सहयोग गरेको होे । खुट्टाले थिचेर हात धुने (हेनवास स्टेसन) मिसिन ग्लोबल फेयरनेस इनिसियटिभ (जिएफआई) को आर्थिक सहयोग तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको समन्वयमा  ‘बेटर व्रिक –नेपाल’ परियोजना मार्फत सहयोग गरिएको हो । पहिलो चरणमा उक्त हेनवास स्टेसन  मिसिन कपिलबस्तु जिल्लाको हिमाल, एपोलो, बौद्ध, आर.सी, जयसवाल र रुपन्देहीको सोना ईट्टा उद्योगमा सहयोग गरेको कार्यक्रम संयोजक अर्यायले बताउँनुभयो । उहाँले भन्नुभयो–‘बेटर व्रिक नेपाल परियोजना अन्र्तग हामीले निरन्तर श्रमिक र ईट्टा उद्योगको समाग्र रुपन्तरणको लागि जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको छौं ।’
 

Comment As:

Comment (0)