No icon

निरन्तर घरघरमा शिक्षाले ईट्टा उद्योगका मजदुरहरुलाई सहयोग गर्दै

२७ जेठ, कपिलबस्तु ।  घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल कपिलबस्तुले सोमबार बुद्धभुमी नगरपालिका वडा–५ स्थिति बौद्ध ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न   सहयोग गरेको छ ।
कोरोना भाईरस (कोविड–१९) को कारण ईट्टा उद्योगमा कार्यरत मजदुरहरुलाई खाद्यान्न संकट भएपछि संस्थाले निरन्तर ईट्टा उद्योगका मजदुरहरुलाई सहयोग गर्दै आईरहेको  हो । संस्थाले ग्लोबल फेयरनेस इीनसीयटिभ (जीएफआई) को सहार्यक्रम संचालित “बेटर व्रिक नेपाल (विविएन)” परियोजना अन्र्तगत कपिलबस्तु र रुपन्देही जिल्लाको ११ वटा ईट्टा उद्योगमा सहयोग गरिसेको र सोमबार थप एक वटा कपिलबस्तु स्थित बुद्ध ईट्टा उद्योगमा खाद्यान्न सहयोग गरेको संस्थाका प्रतिनिधी दिवस घिमिरेले बताए ।  उनले मजदुरहरुलाई दाल, चामल, नुन, तेल, सोयविन, मसाला, आलु, विस्कुट, बेसार लगायतका करिब १ लाख २० हजार बराबरको खाद्यान्न सहयोग गरेको जानकारी दिए । खाद्यान्न उद्योगका व्यवस्थापक आनन्द कुर्मी चौधरी मर्फत सम्पूर्ण ईट्टा उद्योगका कामदारहरुलाई वितरण गरेको संस्थाका प्रतिनिधी घिमिरेले बताए ।  
 

Comment As:

Comment (0)