
२४ भदौ, बुटवल । कपिलबस्तु र रुपन्देहीका ईट्टा उद्योगीहरू लाई श्रम अडिट सम्बन्धी तालीम दिइएको छ । बुधबार बुटवलमा एक कार्यक्रमका विच ईट्टा उद्योगीहरुलाई श्रम अडिट सम्बन्धी तालिम दिईएको हो ।
श्रम तथा रोजगार कार्यलय, बुटवलका निमिक्त बरिष्ठ श्रम अधिकृत केशवराज शर्माले सम्पूर्ण उद्योगीहरुले श्रम अडिटको विषयमा बुझ्नु पर्ने औल्याउनुभयो । उहाँले प्रत्येक ईट्टा उद्योगीहरुले श्रम अडिट गर्नु आवश्यक रहेको भन्दै वि.स. २०७६ सालबाट सरकारले उद्योगीहरुको लागि श्रम अडिट सुरु गरेको जानकारी समेत दिनुभयो ।
त्यस्तै उहाँले तालिम दिदै भन्नुभयो–“जसरी हरेक कानूनी निकायले नेपाल लेखामान अनुसार, लेखाङ्कन गरि आफ्नो हिसाब किताब दुरूस्त राखेका छन्, छैनन्, राज्यलाई तिर्नुपर्ने कर दायित्व तिरे तिरेनन्, आर्थिक अनुशासन पालन गरे गरेनन् भनेर वार्षिक रूपमा हिसाब–किताबको लेखापरीक्षण गरेजस्तै कुनै पनि रोजगारदाताले श्रम कानून बमोजिम उचित श्रम अभ्यास गरे गरेनन् भनेर बुझ्न श्रम अडिट जरुरी छ ।”
उहाँले अब समय परिवर्तन संगै डिजिटल युगमा प्रवेश गरिसकेको भन्दै उद्योगको विविरण अनलाईन मार्फतनै हुँदा कोही उद्योगी उमकन नपाउने भन्दै श्रम अडिट गर्द गलत विवरण पेश गर्नेलाई पनि जरिवान लाग्ने ब्यवस्था समते ऐनमा उल्लेख रहेको जनकरी समेत दिनुभयो ।
त्यस्तै उहाँले तालिममा सहजिकरण गर्दै सामाजिक सुरक्षा कोष, बालश्रम सम्बन्धी व्यवस्था, समुहिक सौदवाजी, रोजगारको प्रकार, सम्झौता र परिश्रम र नियमित भुक्तानी, संजयकोष, उपदान तथा विमाको बारेम जनकारी समेत दिनुभएको थियो ।
सो अवसरमा बोल्दै ईट्टा व्यवसायी लुम्बिनी प्रदेशका महासचिव एंव सेभेन स्टार ईट्टा उद्योगका संचालक रुक बहादुर भुषालले कार्यक्रम निकै उपयोगी रहेको भन्दै प्रत्येक उद्योगीहरुले आफ्नो उद्योगहरुको समयमा श्रम अडिट गर्नुपर्ने बताउँनुभयो । उहाँले कानुनको परिपालना गर्दै आफु उद्योगीहरुले उद्योगमा सामाजिक सुरक्षा कोष र विमाको व्यवस्था गर्नुपर्ने बताउँनुभयो ।
त्यस्तै ईट्टा उद्योगीहरुलाई श्रम अडिट तालिम कार्यक्रम नेपाल गुडविभ सर्टिफिकेसन नेपालका कार्यकारी निर्देशक संझाना प्रधानको अध्यक्षता तथा गुडविभ सर्टिफिकेसन नेपालका कार्यक्रम अधिकृत उमेश कुइकेलको सचालनमा सम्पन्न कार्यक्रममा ग्लोबल फेयरनेस ईनिसियटिभका कार्यक्रम तथा प्राविधिक अधिकृत भास्कार कुमार अधिकारी, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्याल लगायतले बोल्दै कानुनको परिपालना गर्दै श्रम अडिट गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रम बेटर ब्रिक नेपाल परियोजना अन्तर्गत घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, गुडविभ सर्टिफिकेसन नेपाल, ग्लोबल फेयरनेश इनिसिएटिभ नेपालको संयुक्त आयोजना एवं श्रम तथा रोजगार कार्यालय, बुटवलको समन्वयमा बुटवलको ड्रिम इन्टरनेशनल होटल बुटवलमा कपिलबस्तु र रुपन्देहीगरी २० भन्दवढी ईट्टा उद्योगी एवं प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।