
कपिलबस्तु १७ माघ। बुद्धभूमि नगरपालिका र महाराजगंज नगरपालिकाको ६ बटा ईट्टा उद्योगहरुमा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल द्वारा बेटर व्रिक नेपाल परियोजना संचालन भैरहेको छ । सोमबार उद्योगका कार्य अनुपालक अधिकृतहरु बीच होटल माछापुच्छ्रेमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ ।
गोष्ठि कार्यक्रममा ईट्टा भट्टालाई एउटा राम्रो उद्योगको रुपमा रुपन्तरणको लागि कार्यअनुपालकले गर्नुपर्ने काम कार्तव्यको बारेमा गोष्ठिमा छलफल तथा सहजिकरण गरिएको थियो । विशेगरी परियोजना मार्फत उद्योगमा आधारभूत मापदण्ड पुरा गर्दै कामदारमैत्री, महिला मैत्री र बालबालिका मैत्री उद्योग बनाउन सघाउ पु¥याउनको लागि कार्य अनुपालक (कम्पलईन्स अफिसर) लाई आवश्यक प्रक्रियाको बारेमा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यकारी संयोजक दुर्गा प्रसाद अर्यालले जनकारी दिनुभयो ।
त्यस्तै कार्यकारी संयोजक अर्यालले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सुरक्षा जस्ता आधारभूत आवश्यकतामा उद्योग, कामदार तथा सरकारसंग त्रीपक्षीय सहकार्य के कसरी गर्ने बारे जानकरी समेत दिनुभयो । त्यस्तै उद्योगमा आवश्यक कामदार, बालबालिका र युवा कामदारहरुको ताथ्यङ्क के कसरी राख्ने, युवा कामदारहरुको हजिरी रेकर्ड दस्तबेजिकरण गर्नुपर्ने, नियुक्ति पत्र किन आवश्यक हुन्छ यस विषयमा जनकारी गराईएको थियो । साथै कामदार समिति, गुनासो समिति र कामदार कल्यणकारी कोषको बारेमा उद्योगको कम्पलायन्स अधिकृतहरुलाई जनकारी गरेको कार्यकारी संयोजक दुर्गा अर्यालले बताउँनुभयो । त्यस्तै संस्थाका कमल सिंह थारुले बेटर व्रिक नेपालका ५ वटा मापदण्डहरुमाथी प्रकाश प्रर्दै सहजिकरण गर्नुभएको थियो । उहाँले कुनै पनि बालबालिकालाई श्रममा लगाउन नहुँने भन्दै श्रम ऐनको बारेमा जनकारी समेत दिनुभयो ।
त्यस्तै एपोलो ईट्टा उद्योगका व्यवस्थापक मन्तु प्रसाद यादवले बेटर व्रिक नेपाल परियोजना हामी श्रमिकहरुको लागि धेरै नै राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले कामदा र उद्योगको प्रतिष्ठ संग प्रत्यक्ष जोडिएको हुँदा परियोजना अनुरुप अगाडी बढ्न आवश्यक रहेको बताउँनुभयो । त्यस्तै कार्यपलक अधिकृत तालिममा जयसवाल ईट्टा उद्योगका व्यवस्थापक पवन कुमार मिश्र, लक्की ईट्टा उद्योगकका खिम बहादुर पोख्रेल, बौद्ध ईट्टा उद्योगका विष्णु पन्थी, सुरेन्द्र चन्द्र सुक्ल, कृष्ण बर्मा, अब्दुल सहेजाद चौधरी लगायतले बोल्दै भट्टा लाई उद्योगमा रुपन्तरण गर्न आफुहरु लागि परेको बताउँदै कुनै पनि बालबालिकालाई काममा नलागउने बताए । कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि कार्यक्रम घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको आयोजना तथा ग्लोबल फेयरनेस ईनिसियटिभको सहकार्यमा सम्पन्न गरिएको थियो ।