
१८ साउन, बुटवल । रुपन्देहीमा ईट्टा उद्योग संचालकका लागि दुई दिने व्यवसायिक रणनीतिक कार्ययोजना कार्यशाला सम्पन्न भएको छ । विहिबार र शुक्रबार दुई दिन सम्म संचालित कार्यशालामा रुपन्देही र कपिलबस्तुका १४ वटा ईट्टा उद्योगीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समुद्घाटन घरघमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थनकाला पौडेलको अध्यक्षता, ईट्टा व्यवसायी लुम्बिनी प्रदेशका महासचिव रुक बहादुर भुसालको विशेष अतिथ्यता र ग्लोबल फेयरनेस ईनिसियटिभका बरिष्ठ कार्यक्रम तथा संचार अधिकृत संयुक्त भण्डारी संचालनमा उद्घाटन भएको थियो ।
कार्यक्रममा ईट्टा व्यवसायी लुम्बिनी प्रदेशका महासचिव रुक बहादुर भुसालले उद्योगको रुपान्तरण गर्न ठुलो भुमिका खेलेको बताउँनुभयो । उहाँले परियोजना संचालन भएको र नभएको उद्योग धेरै भिन्नता रहेको भन्दै सबै उद्योगमा कामदारमैत्री उद्योग, बालबालिकालाई सहज रुपमा शिक्षा र न्यूनतम ज्यालाको व्यवस्था हुनुपर्ने लागयतका विषयमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ–“आफुले केही कामउदा केही सहयोगी भावन पनि राख्नुपर्छ । आफुहरुले कामएको केही पैसा बालबालिकालाई शिक्षा र सामाजिक कार्यमा खर्च गर्नुपर्छ ।” महासचिव भुसालले देशभरीमा करिब १२ सय ९० वटा बढी ईट्टा उद्योगहरु रहेको र लुम्बिनी प्रदेशमा मात्रै ३ सय बढी ईट्टा उद्योग रहेको बताउँनुभयो । उहाँले यि सम्पूर्ण उद्योगहरुलाई रुपान्तरण गर्दै बालमैत्री उद्योग, महिलामैत्री उद्योग र स्वस्थ्य र सुरक्षाको सहज पहुँचको व्यवस्था मिलाउन आफुले सक्दो पहल गर्ने बताउँनुभयो ।
त्यस्तै ग्लोबल फेयरनेस इनिसियटिभका कार्यक्रम व्यवस्थापक पुर्णिमा सिंह क्षेत्रीले बेटर व्रिक नेपाल परियोजना मार्फत सहकार्य र समन्वयको सिद्धान्तमा आधारित भई श्रम व्यवस्थापनका लागि ईट्टा उद्योगीहरुसंगको समन्वयमा कार्यक्रम गर्दै आईरहेको बताउँनुभयो । उहाँले उद्योग र कार्यक्रममा व्यवासयिक दक्षता, गुणस्तरीय उत्पादन तथा सम्पादनमा आफूहरुले प्राविधिक सहयोग, सामाजिक उत्तरदायित्व र उद्योग र मजदुरविचको सहकार्य तथा अपनत्वका बारेमा कार्यक्रम गर्दै आईरहेको जानकारी समेत दिनुभयो ।
त्यस्तै गुड विभ नेपालको सर्टिफिकेसन हेड सम्झाना प्रधानले बेटर व्रिक नेपालका उद्देश्यहरु माथि प्रकाश पर्नुभएको थियो । उहाँले परियोजनाका मापदण्डका आवश्यकताहरुको परिपालना र श्रमको अवस्थामा सुधार गर्दै उद्योगको रुपान्तरण नेपाल श्रम कानुनमा व्यवस्था गरिए अनुरुपका आवश्यकताहरुको उद्योगीहरुले परिपालना गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानले परियोजनाले उद्योगमा सचेतना मुलक तालिम, बालबालिकालाई शैक्षिक सहयोग र प्राविधिक रुपमा सहयोग र श्रममैत्री उद्योग स्थापनाको लागि काम गर्दै आईरहको बताउँनुभयो । त्यस्तै उहाँले प्रत्येक उद्योगहरुमा श्रम अटिट गर्नुपर्ने भन्दै श्रमअटित परिपालना गर्ने उद्योगहरुको प्रोत्साहन तथा सम्मान समेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगमा देखिएका सामाजिक समास्याहरुको पहिचान गर्नको लागि श्रम अडिट आवश्यकता रहेको भन्दै यसको महत्वमाथि प्रकाश समेत पर्नुभएको थियो । त्यस्तै गुड विभ नेपालका कार्यक्रम अधिकृत उमेश कुइकेलले श्रम अडिट प्रक्रियाको बारेमा जानकारी दिनुभयो । उहाँले श्रम अडिट गर्दा फारम, चकलिष्ट तयार, निर्देशिका तयार श्रम अडिट सम्बन्धी तालिम हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले श्रम अडिट गर्दा सामाजिक उत्तरदायित्व हुनुको साथै कानुनको समेत परिपालना हुने बताउँनुभयो । त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले परियोजनाले उद्योगीहरुमा उत्तरदायि उत्पादन गर्ने भवनाको विकास भएको बताउँनुभयो । उहाँले पछिल्लो समय कामदार, बालबालिका र सामाजिक कार्यमा समेत उद्योगीहरुको सकरात्मक रुपबाट लागनी गर्न लागेको जानकारी समेत दिनुभयो ।
त्यस्तै दुई दिने सम्म चलेको व्यवसायिक रणनीतिक कार्ययोजना कार्यशालामा ग्लोबल फेयरनेस ईनिसियटिभका कन्ट्रिडाईरेक्टर सुरेश पण्डित, ग्लोबल फेयरनेस ईनिसियटिभका कार्यक्रम तथा प्राविधिक अधिकृत भास्कार कुमार अधिकारी, ग्लोबल फेयरनेस ईनिसियटिभका बरिष्ठ कार्यक्रम तथा संचार अधिकृत संयुक्त भण्डारी, गुड विभ नेपालको सर्टिफिकेसन हेड सम्झाना प्रधान, प्रविधिक प्रमुख विज्ञ्य श्याम महर्जन, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्याल लगायतले सहजिकरण गर्दै अब उद्योगीहरु सामाजिक उत्तरदायि हुँदै उत्पादनमा जोड दिनुपर्ने बताउँनुभयो । त्यस्तै ईट्टा उद्योगमा देखिएका श्रम सम्बन्धि चुनौती र परियोजनाले उद्योगमा आएको सकरात्मक परिवर्तन बारे बौद्धिक उद्यमी, सफल राजनीतिज्ञ तथा संमृद्धि ईट्टा उद्योगका संचालक डम्बर प्रसाद शर्मा, एफएनविआईका कोषध्यक्ष एवं बुद्ध ईट्टा उद्योगका संचालक विनोद पन्त, न्यू सेभेन स्टार ईट्टा उद्योगका संचालक दुनिका भुसाल लगायतले ईट्टा उद्योग संचालनका अनुभवहरु सुनाउँनुभएको थियो । उहाँहरुले बेटर व्रिक नेपाल परियोजनाले आफ्नो उद्योगमा ल्याएको परिवर्तन बारे अनुभव सुनाउनुभयो ।
त्यस्तै कार्यक्रममा सेभेन स्टार ईट्टा उद्योगका संचालक कृष्ण प्रसाद पोख्रेल, सोना ईट्टा उद्योगका संचालक विक्रमरत्न ब्रार्जचार्य, जयसवाल ईट्टा उद्योगका संचालक दिनेश जयसवाल, बौद्ध ईट्टा उद्योगका संचालक किरण खड्का, एपोलो ईट्टा उद्योगका संचालक द्वय मुम्चज मिया, बासुदेव खनाल, ज्योती ईट्टा उद्योगका संचालक सैलेन्द्र चौधरी, लक्की ईट्टा उद्योगका संचालक सुयोग श्रेष्ठ, सिद्धार्थ ईट्टा उद्योगका म्यानेजर ईश्वरी वस्ती, हिमाल ईट्टा उद्योगका म्यानेजर अनिल खनाल, ज्योती ईट्टा उद्योगका म्यानेजर रामकृष्ण चौधरी, न्यू ज्योती ईट्टा उद्योगका म्यानेजर राजेन्द्र चौधरी, ग्लोबल फेयरनेस ईनिसियटिभका वित्तिय तथा मानव श्रोत अधिकृत समिर साउद, ईन्टर्न निभिया केसी, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कम्पलयन्स अधिकृत रोमलाल खनाल, संस्था प्रतिनिधी दिवस घिमिरे लागकयतको उपस्थिति रहेको थियो । साथै यस बर्ष परियोजनाका प्रमुख सूचकहरु पुरा गर्न सफल कपिलबस्तुका दुई वटा ईट्टा उद्योगलाई सम्मान समेत गरिएको छ । यस बर्ष सम्मानित हुनेमा बुद्ध ईट्टा उद्योग र हिमाल ईट्टा उद्योग रहेको घरघमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका फिल्ड अधिकृत कमल चौधरीले बताउँनुभयो । उहाँले गत बर्ष सिद्धार्थ ईट्टा उद्योग रुपन्देही, संमृद्धि ईट्टा उद्योग कपिलबस्तु, सेभेन स्टार ईट्टा उद्योग र न्यू सेभेन स्टार ईट्टा उद्योगलाई पनि सम्मान गरि सकेको जानकारी समेत दिनुभयो । सम्मानित उद्योगीहरुलाई प्रविधक सहयोग पुग्ने उद्देश्यले ल्यापटप प्रदान गरेको ग्लोबलका कार्यक्रम तथा प्राविधिक अधिकृत भास्कार कुमार अधिकारीले बताउँनुभयो ।
उद्योगमा बाल श्रम निषेध, कामदारलाई ईच्छा विपरित काम गर्न नलगाउने, कामदारहरुको उचित पारिश्रमिक र कार्य स्थालको उचित व्यवस्था, स्वस्थ्य तथा सुरक्षा, श्रमिकलाई उच्च मानवीय व्यवहार लगायतका ५ वटा मापदण्डमा ईट्टा उद्योगहरुमा सहकार्य गरि रहेको छ । त्यस्तै कपिलबस्तु र रुपन्देहीमा आर्थिक बर्ष २०२०/२१ मा ३ हजार १७ श्रमिक र ८ सय ९४ तिनका बालबालिकाहरु रहेको घरघरमा शिक्षा तथा आत्म निर्भर विाकास संस्था नेपालका फिल्ड अधिकृत कमल चौधरीले जानकारी दिनुभयो । उहाँले कुल बालबालिकाहरु मध्ये ६ सय १३ जना उद्योगमा संचालित प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्रमा अध्ययन गरेको र २ सय ८१ जना विद्यालय जाने गरेको जानकारी दिनुभयो । यस बेटर व्रिक नेपाल परियोजना विगत ७ बर्षदेखि कपिलबस्तु, चितवन तनहुँ, काठमाण्डौ, धादिङ्ग र विराटनगर गरि ६ क्लष्टरका ४० वटा ईट्टा उद्योगमा संचालित छ ।