No icon

कपिलवस्तुमा थप एक जना कोरोनाको कारण मृत्यु 

१७ भदौ, कपिलवस्तु । कपिलवस्तुमा थप एक जना कोरोनाको कारण मृत्यु भएको छ ।  कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा बुधबार कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा  मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको डा. गौतमले जानकारी दिए ।

Comment As:

Comment (0)