नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा रक्तदान, ५१ युनिट रगत संकलन

No icon

१३ बैशाख, बुटवल । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा कार्यक्रम भएको हो । सो अवसरमा ५१ जनाले रक्तदान गरेको युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराए। त्यसमध्ये १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता रहेको उनले बताएका छन ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवको जीवन रक्षासंग जोडिएको रक्तदान कार्यक्रम राखेर राम्रो कामको सञ्चार गरेको बताइन । उनले लोकतन्त्रको स्थापनामा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउँदै यसको रक्षा तथा संस्थागत विकासमा पनि योगदान गर्न आग्रह गरेकी थिइन।
कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुको पक्षमा भूमिका खेल्न र सोही अनुसारको कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारको ध्यानाकर्षण गराएका थिए। रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताइन।

 

 

Comment As:

Comment (0)