No icon

‘कपिलबस्तु समुदायक अस्पताालाई सुविधा सम्पन्न बनाउन सक्दो सहयोग गर्छु’: उपाध्याय

२३ फागुन, कपिलबस्तु  । पूर्व मन्त्री एंव भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले अस्पतालले दिएको सेवाबाट जनताहरु सन्तुष्ट भएको बताउँनुभयो । स्वास्थ्य मानव जीवनकै अभिन्न र संवेदनशिल कुरा रहेकोले यसमा कसैले पनि खेलवाड गर्न नहुने उहाँको भनाई रहेको छ ।


 उहाँले भननुभयो–“अस्पताालाई सुविधा सम्पन्न बनाउन आफूले सक्दो सहयोग गर्छु ।” उहाँले राज्यले स्वास्थ्य र शिक्षालाई निशुल्क बनाउनु पर्ने बताउँनुभयो ।  त्यस्तै कार्यक्रममा नेकपा ओली समूहका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, उपसभापति तारावती चौधरी, नगर उपप्रमुख चक्रपाणी अर्याल लगायतले बोल्दै अस्पतालले दिएको सेवाको प्रशंसा गर्नुभयो । उहाँहरुले अस्पताललाई अझै सर्वसाधारणको मन जित्ने गरी सेवा दिन पनि सुझाव दिनुभएको छ । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष रामजी सेनले समुदायका सबै वर्ग र तहका नागरिकको पहुँच पुग्ने गरी अस्पतालले सेवा दिएको बताउनु भयो । भावी दिनमा बुटवल र काठमाडौँ धाउन नपर्ने गरी सेवा, सुविधा र प्रविधिहरु थप गर्ने योजनामा आफूहरु रहेको भन्दै विश्वास गर्न सबैमा उहाँको आग्रह छ ।
कपिलबस्तु समुदायिक अस्पतालले शनिबार गरेको तेश्रो बार्षिक साधारण सभाको अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव पोमनारायण पौडेलले बर्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
अहिले अस्पतालमा अर्घाखाँची, चन्द्रौटा, तौलिहवा र रुपन्देही लगायतका विभिन्न स्थानबाट विरामीहरु सेवा लिन आउने गरेको महासचिव पौडेलले बताउनु भयो । अहिले अस्पताल यस क्षेत्रकै आशा र भरोसाको अस्पताल बनेकाले भावी दिनमा पनि सेवा सुविधामा कमी नहुने उहाँको भनाई छ । साधारणतवरबाट सुरु भएको अस्पतालमा अहिले विशेषज्ञ सेवा पनि सुरु भएकाले अब अस्पताल प्रदेशकै नमुना बन्ने दिशामा रहेको प्रतिवेदनमार्फत पौडेलले जानकारी दिनुभभो । सधारण सभा कार्यक्रम सचिव चेतना अधिकारीको संचालन, वरिष्ठ उपाध्यक्ष हरि गैरेको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रवि बहादुर काफ्लेले आयब्यय प्रतिवेदन प्रस्तुत गरेको कपिलबस्तु समुदायक अस्पातलको प्रशासकीय अधिकृतचन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो । 


 

Comment As:

Comment (0)