No icon

कपिलवस्तुको चन्द्रौटामा दुई अस्पातालको एकैसाथ उद्घाटन !

राम अवतार चौधरी २१ फागुन, कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा दुई वटा अस्पातालको एकैसाथ उद्घाटन गरिएको छ । कोरोना कहरका बीच निर्मित आईसुलेशन सेन्टरको रुपमा प्रयोग गरिदैँ आएको सेन्टरलाई परिमार्जन गरि आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्द्रको रुपमा शुक्रबार उद्घाटन गरिएको हो ।  अस्पातलको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि अस्पातल निर्माण गरिएको बताएका छन् । कपिलवस्तु आसपासका नागरिकलाई स्वास्थ्य सेवा पाउनको लागि टाढा जान पर्ने बाध्यता हटेको जनाउँदै स्थानिय नागरिकहरुले आधारभुत स्वास्थ्य सेवा अस्पताल सेवा पाउनेमा उनले विश्वास व्यक्त गरे । सधैँ स्वास्थ्य सेवाबाट बन्चित रहँदैै आएकोले लुम्बिनी प्रदेश सरकारको सहयोगले अस्पाताल निर्माण गरी स्वास्थ्य सेवा प्रवाह गरिने प्रदेश सभा सदस्य केसीले जानकारी दिए । शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले कोरोना भाइरस कोभिड–१९ कोरोना आइसोलेशन अस्पातालको रुपमा निर्माण गरिएको भवनलाई आधारभुत स्वास्थ्य सेवाको रुपमा विकास गरिएको उनले बताए । दुवै अस्पाताल एकै स्थानमा भएकोले नागरिकहरुलाई सेवा प्रवाह गर्न दक्ष डाक्टरको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले जनाए ।
 नेपाली काँग्रेस नगर सभापति मधु पोख्रलले यस आधारभुत स्वास्थ्य सम्बन्धि चाहिने सम्पुर्ण सेवा शिवराज नगरपालिकाले प्रवाह गर्ने अधिकारीले बताए । नगरले दिएको जिम्मा सबैको पहल साथ र सहयोगले गर्दा आधारभुत स्वास्थ्य सेवा निर्माण गर्न सफल भएको शिवराजमा आधारभुत स्वास्थ्य सेवा निर्माण समितिका संयोजक महादेब पोख्रेलले जनाए । शिवराज नगरपालिका चन्द्रौटामा रहेको नल्कुपको क्षेत्रमा ७६ लाख भन्दा बढीको लागतमा अस्पातालको निर्माण गरिएका आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्दमा आकास्मित सेवा २४ सै घण्टा सञ्चालनको तयारी रहेकोे जनाइएको छ । उक्त अस्पातालमा १ जना मेडिकल अफिसर, ३ जना स्टाप नर्स, १ जना परामिडिक्स र १ जना ल्याब टेक्नीसियनले सेवा दिने छन् । त्यसैगरी नागरिक आरोग्य केन्द्रमा १ जना मेडिकल अफिसर रहेका छन् । अस्पातल खुलेपछि यस क्षेत्रका नागरिक खुुसी भएको स्थानिले जानकारी दिए ।  उक्त उद्घाटन कार्यक्रम शिवराज नगरपालिका वडा नं ५ का वडाअध्यक्ष अर्जुन बहादुर केसीको अध्यक्षतामा भएको स्वास्थ्य अस्पताल उद्घाटन कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिव कुमारी चौधरी, शिवराज नगरका विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेकोे थियो 

Comment As:

Comment (0)