
यस वर्ष त्रिविले हिउँदे बिदा नदिने
७ पुस, काठमाण्डौं । त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेको रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। कक्षा र परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले हिउँदे बिदा नदिइने निर्णय त्रिविले गरेको हो। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन भइरहेका छन्। साथै त्रिविले सम्भव भएसम्म भौतिक रूपमा विद्यार्थी उपस्थित गराएरै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई पनि निर्देशन दिएको छ।