No icon

प्रदेश सांसद पन्थी भन्छन्–‘जनतालाई शुद्ध खाने पानीको पहुँचमा पु¥याउने लक्ष्य  छ’

 सिर्जना थारु २०, कपिलबस्तु । बाणगंगा र गजेहडा भूपू खानेपानी तथा सरसफाई उपभोक्त समिति संस्थाको छैठा वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कार्यक्रमका लुम्बिनी प्रदेश सांसद बिष्णुु प्रसाद पन्थीले सम्पूर्ण जनतालाई सुद्ध खानेपानीको पहुँचमा पु¥याउने लक्ष्यमा प्रदेश सरकार लागी परेको बताएका छन् । सांसद पन्थीले प्रदेशमा विधमान पानीका स्रोतहरुलाई सही ढंगले परिचालन गर्न सकेमा पानीलाई निर्यात गरेर नेपाल आर्थिक हिसाब बलियो बन्ने बताए । यस्तै बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले मानव जीवनसँग जोडिएको खानेपानी संस्थाको विकासका लागि एकजुट हुन आवश्यक रहेको सुझाव दिए । यस्तै उपप्रमुख चक्पाणी अर्यालले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको विकास र पानी वितरणलाई प्रभावकारी बनाउन उपभोक्ताहरुको इमान्दारिता आवश्यक रहेको औल्यौंएका थिए । साथै उनले अव चाडै बस पर्क, फाहोर मैला व्यवस्थापन गर्ने र फोहोरलाई मोहोरमा बदल्ने बताए ।
कार्यक्रममा कोषाध्यक्ष राममाया रानाले १ करोड ३८ लाख ३९ हजारको अम्दनी र १ करोड ५६ लाख ७ हजारको खर्च विवरण पेश गरेका थिए । आन्तिरक लेखापरीक्षणका संयोजक कमल पौडेलले लेखा प्रतिबेदन र पानी सुरक्षा समितिका संयोजक निर्मल शाहीले पानी सुुरक्षाको प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बाल कुमारी पन्त, वडा नं.४ का वडा अध्यक्ष गणेश बाहादुर क्षेत्री, गजेहडा बजार बिकास समितिका अध्यक्ष गोबिन्द ज्ञवाली, खानेपानी तथा सरसफाई उपभोक्त समिति संस्थाका सल्लाहकार दोर्णराज सुबेदी, नन्द किशोर शुक्ला, दोलख बाहादुर पछाई र कृष्ण प्रसाद भट्टराई लगायतले संस्थले छोटो समयमा चाडै फड्को मारेको बताउदै प्रशंसा गरेका थिए । संस्थाका उपध्यक्ष झलक बहादुर मल्लको स्वागत र सचिब कृष्ण बहादुर शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बाणगंगा नगरपालिकाको वडा नं.१ र ४ मा पर्ने करिब ३ हजार घरधुरीलाई सोवा दिदै आएको छ ।
 

Comment As:

Comment (0)