No icon

“हम्मन गर्व बा थारु हुइना मा” म्युजिक भिडियो सार्वजनिक

राम अवतार चौधरी  ८ भादौ कपिलबस्तु । सिङ्गो थारु समुदायको आवाज बुलन्द गर्ने “हम्मन गर्व बा थारु हुइना मा” भन्ने बोलको राष्ट्रिय म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु समुदायको हक हिटका लागि एकजुटभई आवाज बोल्ने सन्देश दिएको म्युजिक भिडियो श्रीनिवास युटूव च्यानद्धारा आइतबार सार्वजनिक गरिएको हो । गायक श्रीनिवास चौधरी र गायिका अन्नु चौधरी लगायत दर्जनौ कलाकारको सुमधुर आवाजका सजिएको सो गीतले २०७२ सालमा टिकापुरमा भएकोे घटनालाई स्मरण गर्दै उक्त गीता निर्माण गरिएको कलाकारले बताएका छन् । “हम्मन गर्व बा थारु हुइना मा” बोलको गीतमा छविलाल कोपिला, आरसु दिनेश महतो र विनोद चौधरीले शब्द संगित गरेका छन् । गणेश चौधरीले एरेन्जिङ रहेको छ भने ड्रिमस रेकडिङ स्टुडियो काठमाण्डौँमा रेकडिङ गरिएको हो ।

यसैगरी सो म्युजिक भिडियामा सुधाराम दहितको निर्देशन रहेको छ भने महेश कुमार(छल्लु दादा) ले छायाँकन गरेका छन् । खड्क, सपना, संगत, सामु, वीर, ममता, देवदास, सुनिता, विवश, महिमा, चन्द्र, अनुराधा, मनोज, प्रमिला, राकेश, सुमित्र, हरिष, श्रीदेवी, सोनु र कमेडीमा सत्यनरायण फटेरा लगायत कारकारहरुलाई भिडियो पर्दामा देख्न सकिन्छ । विशेष गरि “हम्मन गर्व बा थारु हुइना मा” बोलको म्युजिक भिडियोबाट जातियताको हिसाबले टिकापुर घटनालाई स्मरण लगायत थारु समुदायलाई सरकार पक्षबाट गरिएको दमनको विरुद्दमा थारु जातिलाई गरेको शोषणको ज्यादती भएको व्यावहारलाई चिर्नको लागि थारु समुदायलाई जगृत गराउने उद्देश्यले उक्त गीत उत्पादन गरिएको  गायक श्रीनिवास चौधरी बताए । गायक चौधरीका अनुसार सो गीत मार्फत सम्पूर्ण थारु सामुदायलाई गराई रेशम चौधरी जस्ता होनहार नेतालाई रिह गराउनका लागि सरकारलाई दबाब दिन यो गीत उत्पादन गरिएको निर्माता पक्षले दावी गरेको छ ।

उक्त म्युजिक भिडियो थारु फुड ल्याण्ड जोशिपुर, टिकापुर पार्क, ठाकुरद्धारा बर्दिया र धनगढी लगायतका नेपालको विभिन्न रमणीय स्थानमा सुटिङ गरिएको भिडियोमा हेरेर मनोरञ्जन लिन सकिने जिकिर गर्नुका साथै कोभिड–१९ अर्थात् कोरोनाबाट सजग रहन कलाकार पक्षले आग्रह समेत कालाकारहरुले गरेका छन् ।

Comment As:

Comment (0)