
कपिलबस्तु ।
गायक रमेश चौधरी, आशा चौधरी र सिमान्त चौधरीको आवाज रहेको “आईल दसहरक रौनक” बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गायक रमेश चौधरीकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छायाँकार लक्ष्मण थारुले गरेका हुन्, भने भिडियोकोे निर्देशन हिरा चौधरीको रहेको छ ।
थारु भाषामा “आईल दसहरक रौनक” म्युजिक भिडियोमा थारु कलकारहरु बीर चौधरी, कुसुल चौधरी, बीरु चौधरी, शरदा चौधरी, नितिसा चौधरी र सोम्या चौधरी लगायतको अभिनय रहेको छ । भिडियो दशैको फुलपतीको दिन सार्वजनिक हुने गयिका आशा चौधरीले जानकारी गराईन ।