No icon

नव गायक कृषु चौधरी र गयिका अन्नु चौधरीको “विनती” म्युजिक भिडियो सार्वजनिक

अनिल थारु, १९ माघ, कपिलबस्तु ।  थारु सामुदाय कपिलवस्तुका नव गायक कृषु चौधरी र चार्चित गयिका अन्नु चौधरीको निकै सुमधुर स्वारमा सजिएको “ विनती ” बोलको थारु सस्कृतिक म्युजिक भिडियो एन.डि. स्टुडियोद्धारा सार्वजनिक भएको छ । “विनती” बोलको गीतमा कृषु चौधरीको शब्द सङ्गीत रहेको छ भने विशाल निरौलाको सङ्गीत संयोजन रहेको छ । सो गीतको म्युजिक भिडियोमा प्रिन्स एकिन र अनुपा महतोले अभिनय गरेका छन् ।  उक्त म्युजिक भिडियो गीतमा निर्देशन प्रिन्स एकिनले गरेको भिडियोलाई पतिराम थनेट र विजय महतोले छायांकन र सम्पादन गरेका छन् भने अलङ्कार डिजिटल रेकर्डिङ स्टुडियोमा रेकार्ड गरिएको हो । यस म्युजिक भिडियोमा विशेष गरी स्थानियहरुको सहयोगले  थारु पराम्परागत र साँस्कृतिक  रुपमा भरिपूर्ण विनती बोलको गीतलाई लक्षित गरी यो गीत छायांकन गरिएको छ ।  यस म्युजिक भिडियोमा थारु साँस्कृतिक पोसकमा सजिएको तस्विर लगायत गीतको शब्द छनोट र थारु जातिका इतिहास,पराम्परा,साँस्कृतिर संर्वधन देखिने भएकोले कलाकारहरुको मध्यामबाट देखाइको छ ।  उक्त म्युजिक भिडियोमा स्थानिय थारु सामुदायका युवायुवतीहरुलाई कोरसको समावेश गरिएको छ ।  यस गीतले श्रोता र दर्शकहरुको मन जित्न सम्पुर्ण विनती ” टिमहरु  आशा,अपेक्षा र विश्वास राखेका छन् ।  

Comment As:

Comment (0)