No icon

कपिलबस्तुमा ‘चलो छैली माघी मनाए' छायाँकन

२१ पौष, कपिलबस्तु । थारु समुदायका हरेका क्रियाकलापलाई कुसल तरिकाले लैजाने तथा समाजमा अभिभावकको भूमिका निर्वाह गर्ने नयाँ बड्घर चुन्निे गरेको इतिहास कायमै रहेको पाईन्छ । तराई नेपालका मूल आदिबासी समुदायका थारु जातीले माघ महिना भित्रियसँगै हर्ष, उल्लासका साथ नयाँ वर्ष अर्थात् महान माघी पर्व मनाउने चलन रहेको छ ।  सोही माघ महिनाको अवसरमा मनाईने माघी पर्वलाई लक्षित गरी थारु म्युजिक भिडियोको छायाँकन अहिले जताकतै भइरहेको छ । यसै बीच “अबकि माघिमे” गीतको अपार सफलतापछि अबकि माघिमे पार्ट टु “चलो छैली माघी मनाए” गीत थारु समुदायको महान पर्व माघी पर्वलाई लक्षित गरी छायाँकन भइरहेको गायक तथा राष्ट्रिय थारु कलाकार संघका शिवराज नगर अध्यक्ष उत्तम चौधरीले जनाए । विशेष गरी माघीमा हरेक गाउँ देखि शहर सम्म मेला महोत्सव लगायत साँस्कृतिक कार्यक्रम आयोजना हुने गरेको साथै थारु गीत निकै घन्किने भएकाले सो गीतको म्युजिक भिडियोको छायाँकन कार्य तीव्र गतिमा भइरहेको गायक सरगम चौधरीले बताए । थारु समुदायका ख्याति प्राप्त गायक सरगम चौधरी, मिलन चौधरी, उत्तम चौधरी र कमला चौधरीको निकै सुमधुर स्वरमा सजिएको “चलो छैली माघी मनाए” बोलको गीतको शब्द संगित सरगम चौधरीको रहेको छ । भने म्युजिक भिडियोमा मोडलको रुपमा राजन चौधरी, बिना चौधरी, राजकुमार चौधरी, सुजु राजवंशी , गौतम चौधरी र मेनुका चौधरी लगायतका कलाकारहरुले अभिनय गरेको निर्माता पक्षले जनाएको छ । उक्त म्युजिक भिडियोमा थारु पोशाकमा सजिएको तस्बिर लगायत गीतको शब्द छनौटले गर्दा थारु जातिको इतिहास छल्किने भएकोले कलाकारिताको माध्यमबाट समेत थारु संस्कृति संरक्षण हुने विश्वास लिइएको बताइएको छ । सो गीतको छाँयाकन नवलपरासी, रुपन्देही र कपिलवस्तु लगायतको मनोरम दृश्यका स्थानहरुमा छायाँकन गरिने साथै छिट्टै नै स्रोता माझ म्यजिक भिडियो उपलब्ध गराउने गायक सरगम चौधरीले जानकारी दिए ।

Comment As:

Comment (0)