No icon

इण्डोनेसियन प्रविधीवाट कपिलबस्तुमा माछा पालन व्यवसाय शुरु

भगवती न्यौपाने १० फागुन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा इण्डोनेसियन प्रविधीवाट मत्स्य पालन ब्यवसाय सुरु भएको छ । पाखेरी खनेरै माछा पालन हुँदै आएको नेपालमा प्लाष्टि भित्रै मत्स्य पालन शुरु भएको हो । एकातिर  जिल्लामा व्यावसयिक रुपमा माछा पालन गर्नेको संख्या बढ्दै जादा माछामा आत्मनिर्भर  अवस्था देखा परेको छ भने अर्काेतर्फ नयाँप्रबिधिबाट ब्यवसाय शुरु भएको छ । यसैक्रममा बाणगंगा ८ का कृषक दुर्गा आचार्यले  माछा पालन ब्यवसाय फरक किसीमबाट संचालन गर्नुभएको छ ।

कपिलवस्तु जिल्लामै पहिलो पटक पोखरीमा नभई प्लाष्टिकले वरिपरि घेरि पानी ट्यांकंी निर्माण गरि चप्परगाउँका दुर्गा आचार्यले माछा पालन ब्यवसाय शुरु गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा  राखिएको माछा पालन गर्ने तरिका र बिधिलाई अनुशरण गर्दै यस्तो फरक खालको ट्याकी निर्माण गरि व्यवसाय शुरु गर्नुभएको हो । यस अर्थमा सामाजिक सञ्जालबाट पनि राम्रो ज्ञान लिन सकिने  गतिलो उदाहरण कृषक आचार्यले प्रस्तुत गर्नुभएको छ ।  उहाँले करिव २ लाखको लगानीमा उक्त व्यवसाय सुरु गरेको  बताउनुभयो । सुरुमा दुईवटा ट्याङकीमा १७ सय माङगुर माछा राखेको आचार्यको भनाई छ ।यस्तै उहाको ब्यवसायलाई छिमेकिले पनि सिको गर्दै शुरु गर्नथालेको छिमेकी पुर्ण श्रेष्ठले बताउनु भयो । थोरै लगानी, कमजमिन र परिवारको जुन सदस्यले पनि गर्न सक्ने देखेपछि आफुले पनि व्यवसाय सुरु गरेको  उहाँको तर्क छ ।  यता वडा नम्बर ८ का वडा अध्यक्ष गुणनिधि भुसालले नयाँ तरिकाले सुरु भएको अत्याधुनिक खालको फिस फार्मिङमा माछाका भुरा छोड्दै यस्ता खालका ब्यवसायलाई स्थानिय सरकारले बिशेष चासो दिने बताउनु भयो । साथै उहाँले वडाबाट सहयोग गर्ने बताउदै यसको सिको अन्य युवाहरुले गर्नु जरुरी रहेको स्पष्ट पार्नु भयो । यो माछापालन बिधि इन्डोनेसियामा अनुसन्धान भई भारत हुदै नेपाल भित्रिएको कृषक आचार्यको भनाई छ । सामान्य तालिम, थोरै लागनी, कम जमिनमा सञ्चालनगर्न सकीने भन्दै यस्ता खालका ब्यवसायमा अरु युवालाई पनि लाग्नउ हाले प्रेरित गर्नुभयो ।

Comment As:

Comment (0)